ताजा समाचार

डाेल्पा लगायत देशभर मनाइयो साउने(कर्कट )संक्रान्ति 

विष्णुप्रसाद देवकोटा

प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) संक्रान्ति पर्व आज (मंगलबार) डाेल्पा लगायत देशभर स्नान, दान एवम् आफन्त जम्मा भई रमाइलो गरेर मनाइयाे।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ।

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेषरूपमा मनाइन्छ।साउने संक्रान्ति पर्वलाई कर्णालीमा विशेष पर्वका रुपमा मनाईन्छ ।

कर्णालीका डाेल्पा,हुम्ला,जुम्ला,कालिकाेट र मुगुमा सांझ घरकाे आगन र छतहरुमा दियालो (झराे)बालेर रांकाे बाल्ने गरिन्छ ।हिमाली  जिल्ला डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकाेट गाउँमा रहेकाे श्रीवालात्रिपुरासुन्दरी भगवती मन्दिरमा रांकाे बालेपछि मात्र मन्त्र उच्चारण सहित विशेष पुजाआजा गरेर काेट गाउँमा लुताे फाल्ने गरिन्छ ।तर अन्य गाउँबस्तीहरुमा भने झमक सांझ पर्ने बित्तिकै घरका आगन र छतमा रांकाे बालिन्छ ।अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्।

त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद्धहरु बताउँछन्।टिमुर,मेल र ढटेलाेकाे कांडामा नाै रंगका ध्वजासहित सर्सु बांधेकाे रांकाेले घरपरिवार सबैलाई मुन्छेर(घुमाएर) दाेवाटाेमा छलि लगेर फाल्ने गरिन्छ ।यसाे गर्नाले नवग्रह शान्त हुने अकाल मृत्युहुनवाट बच्ने अनिष्ट नहुने धार्मिक शास्त्रीय ग्रन्थमा उल्लेख छ ।

परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ।

लुतो फाल्दा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ। साउन महीनालाई विशेषरूपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ।

महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने समेत गरिन्छ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!