ताजा समाचार

ॐश्री साई सेवा संगठनद्वारा डाेल्पाका मठमन्दिरमा कम्मल र ब्लाङ्केट सहयाेग

डाेल्पाका धार्मिक मठमन्दिरमा दर्शनार्थीहरुकाे लागि काठमाडौंस्थित एक धार्मिक संगठनद्वारा कम्मल र ब्लाङकेट सहयाेग भएकाे छ ।

श्री सत्य साई सेवा सङ्गठन नेपाल राष्ट्रिय सेवा बिस्तार संयाेजक सन्ताेष रायमाझीले  स्वास्थ्य मन्त्री प्रदिप पाैडेलका स्वकिय सचिव राम प्रसाद अधिकारिकाे विशेष पहल र जयनन्द उपाध्याय (जयस)काे अनुराेधमा कम्मल र ब्लाङकेट  सहयाेग भएकाे हाे ।

मध्यपश्चिम क्षेत्रकै प्रमुख धार्मिक शक्तिपीठ श्रीबाला त्रिपुरासुन्दरी याेगमाया भगवती मन्दिरमा ३५ थान  छलस्थित मष्टाभवानी मन्दिरमा १५ थान  र त्रिपुराकाेटस्थित बाबिराे मन्दिरमा ५ थान गरेर ५० थान सहयाेग बापत प्राप्त कम्मल र ब्लाङकेट वितरण गरिएकाे छ ।

त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र राेकाया र जगदीश वैद्य फाउण्डेसनका केन्द्रीय सदस्य जयनन्द उपाध्याय( जयस)ले मन्दिरका पुजारीहरुलाई वितरण गर्नु भयाे ।

कम्मल र ब्लाङकेट वितरण पश्चात् नगरप्रमुख राेकाया र केन्द्रीय सदस्य उपाध्यायले सहयाेगी संस्थाका राष्ट्रिय सेवा संयाेजक सन्ताेष रायमाझीलाई धन्यवाद सहित आभार ब्यक्त गर्दै यस किसिमकाे सहयाेगले भविष्यमा समाजसेवाकाे क्षेत्रमा थप उर्जा मिलेकाे बताउनु भयाे ।

नेपाल तरुण दलका केन्द्रीय सदस्य तुलबहादुर बाेहाेराका साथै त्रिपुराकाेटका युवा महाशंकर उपाध्याय, हिमेश उपाध्याय र रमानन्द उपाध्यायले संस्थाद्वारा उपलब्ध कम्मल र ब्लाङकेट काठमाडौ देखि डाेल्पा सम्मकाे ब्यवस्थापनमा सहयाेग पुर्याउनु भएकाे थियाे ।कम्मल र ब्लाङकेट सहयाेगले मठमन्दिरमा आउने दर्शनार्थीहरुलाई सहजता आउने छ ।

तपाईको प्रतिक्रिया