तर लोभलाग्दो बुकी पाइने चरन क्षेत्र र प्रशस्त घाँस भए पनि देवता रिसाउने डरले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-७, छलवासी कसैले पनि “पुस्तौँदेखि” भैँसी पाल्न सकेका छैनन्।
छल रातामाटा गाउँको सिरानमा नर्कु पाटन छ। उक्त पाटनलाई गाउँलेले आफ्नो कुल देवता मस्टको फूलबारी मान्छन्।
देवताका फूलबारीका फूलहरू भैँसीले कुल्चेर अशुद्ध बनाउने भएकाले बुकी पाइने पाटनमा भैँसी चराउन नमिल्ने छलकी पुतली रोकाया बताउँछिन्।
भैसीकाे दूधदही खान हुन्छ
भैँसी पालेमा परिवारमा राम्रो नहुने, अरू सम्पत्तिमा पनि हानिनोक्सानी पुग्ने, गाउँमा अनिष्ट हुने अन्धविश्वास गाउँलेहरूमा छ।
मस्ट देवता मान्ने उनीहरू छिमेकी गाउँलेसँग भने मानोको सय रुपैयाँमा दूध किनेर खान्छन्। तर देउता रिसाउने डरले भैँसी भने पाल्दैनन्।
मस्ट देवतालाई गाईको गहुँत र गोबर मात्र चल्छ। भैँसीको पिसाप र गोबर लसपस हुँदा अशुद्ध भएर देवता रिसाउने भएकाले झन्डै २५० वर्षदेखि कुनै पनि गाउँलेले भैँसी पालन नगरेको छलका गणेशबहादुर रोकाया दाबी गर्छन्।
“हामीले भैँसी नपालेको चार पुस्ताजति भयो,” उनी भन्छन्।
“अहिले त भैँसी पाल्नेतर्फ हाम्रो ध्यान नै जाँदैन। भैँसीको दूधदही खान हुन्छ, तर हाम्रो माटोमा भैँसी पाल्न मिल्दैन। गाईको गोरस, दूधदही र मही मात्र खाने र भैँसीको मही खान मन लागे छिमेकी गाउँबाट किन्छौँ।”
छल रातामाटा बस्तीमा १०५ घर परिवार छन्। तर उनीहरू कसैले पनि भैँसी र खच्चर पालेका छैनन्।
गाउँमा भैँसीको पाइला नपरेको अढाई सय वर्ष जति पुगेको भन्ने कुरा उनले सुन्दै आएका छन्।
‘मस्ट भुवानी’ पुज्छन्।
देवताको ठूलो प्रभाव रहेको छल रातामाटा गाउँमा भैँसीसँगै खच्चर पनि पाल्न पाइँदैन।
यदि बस्तीभित्र भैँसी र खच्चर झुक्किएर प्रवेश गरे पुरोहित बोलाएर पूजापाठ गरी ठाउँ चोख्याउने, शुद्ध गर्ने गरेको उनीहरू बताउँछन्।
राँगा मैकासुर (महिषासुर) को वाहन भएको अनि मैकासुर चाहिँ देवताको शत्रु भएकाले राँगा र भैँसीलाई राक्षसको रूप मानेर नपाल्ने गरिएको अर्का गाउँले श्रीबहादुर रोकायाले बताए।
“मस्ट देउतालाई गाईको दूध चल्ने भएकोले बाजेबराजुको पालादेखि भैँसी पालेका छैनौँ,” उनले भने, “भैँसीको दूधदही खान मिल्छ। तर बस्तीभित्र भैँसी ल्याएर पाल्न मिल्दैन।”
भैँसी नपालेको चार पुस्ताजति भयो,” उनी भन्छन्।
“अहिले त भैँसी पाल्नेतर्फ हाम्रो ध्यान नै जाँदैन। भैँसीको दूधदही खान हुन्छ, तर हाम्रो माटोमा भैँसी पाल्न मिल्दैन। गाईको गोरस, दूधदही र मही मात्र खाने र भैँसीको मही खान मन लागे छिमेकी गाउँबाट किन्छौँ।”
छल रातामाटा बस्तीमा १०५ घर परिवार छन्। तर उनीहरू कसैले पनि भैँसी र खच्चर पालेका छैनन्।
गाउँमा भैँसीको पाइला नपरेको अढाई सय वर्ष जति पुगेको भन्ने कुरा उनले सुन्दै आएका छन्।
आफ्नो परिवारले चार पुस्तादेखि भैँसी नपालेको श्रीबहादुर रोकाया बताउँछन्
देउता रिसाए गाउँमा अनिष्ट हुने डर
पाले देवता रिसाउने र देउता रिसाए गाउँमा अनिष्ट हुने डरले देवतालाई खुशी बनाइराख्न भैँसी नपालेको दाबी उनीहरू गर्छन्।
तर उनीहरूलाई भैँसी पाल्न घाँसको समस्या छैन। नजिकै रहेको पाटनमा भैँसी छाडे वर्षभरि घाँसै काट्नु पर्दैन।
गाउँभित्र पाल्न नमिले पनि गाउँबाहिर गएर भने भैँसी पाल्न मिल्छ।
तर बाह्रै महिना गाउँलेहरू छलगाउँमै बस्ने भएकाले बाहिर गएर कसैले भैँसी पालेका छैनन्।
साँझबिहान मस्ट भुवानी देवताको दर्शन गर्ने, जागराम बस्ने, दर्शन गर्न आउने दर्शनार्थीलाई खाने र बस्ने व्यवस्था मिलाउने तथा स्वागतसत्कार गर्नमै गाउँलेहरूको दिनचर्या बित्ने गर्छ।
त्यसैले यहाँका कोही पनि अर्को गाउँमा जग्गाजमिन लिएर बसेका छैनन्।
संस्कारलाई निरन्तरता
देवताप्रति एकदमै विश्वास र आस्था भएकाले आफूहरूले यो संस्कारलाई तोड्न नसकेर निरन्तरता दिएको मानिसहरू दाबी गर्छन्।
“भैँसी पालेमा केही समस्या हुने हो कि भन्ने डरले गर्दा मन भित्रैबाट भैँसी पाल्नु हुँदैन भन्ने लाग्छ। त्यसैले वर्षौँदेखि चल्दै आएको परम्परालाई बदल्न सकेका छैनौँ। खोइ नातिपनातिको पालामा के होला, हाम्रो पालामा त छाड्न सक्ने अवस्था छैन,” एकस्वरमा उनीहरूले भने।
गाउँलेहरूले गाई, गोरु र भेडाबाख्रा पालन गरेका छन्। तिनबाटै मल पाउँछन् र आयआर्जन पनि गर्छन्। खेतबारीमा गाई, गोरु र भेडाबाख्राको मल प्रयोग गर्छन्।
यार्सागुम्बा लगायतका जडिबुटी नै उनीहरूको आम्दानीको मुख्य स्रोत हो।
चाहना हुँदाहुँदै पनि भैँसी पाल्न नपाएका उनीहरू सय रुपैयाँ मानो दूध किनेर खान बाध्य भएको बताउँछन्।
खच्चर पाल्न नपाउँदा सामानहरू आफैँले बोकेर ल्याउँछन्।
गाउँभन्दा बाहिर पाल्न मिल्छ। तर अहिलेसम्म कसैले पनि बाहिर गएर पालेका छैनन्।
केही समयअघि एक जनाले गाउँको छेउमा भैँसी ल्याएर पाल्न खोजे पनि केही दिनमै भैँसी मरेको बताउँछन् ।प्रकाश पन्तकाे रिपोर्ट बिबिसि