ताजा समाचार

आर्थिक सहयाेगकाे आशामा शे फाेक्सुण्डाे-२ लुरि साल्दाङका उर्केन दाेर्जे गुरुङ

उडकेन दोर्जे गुरूङ —कुनै समय डोल्पाको गर्व, आज उनै अरुकाे सहयोगको आसमा छन 🙏

कुनै समय डोल्पाको पहिचान बनेकाे नाम हाे— उडकेन दोर्जे गुरूङ।डोल्पा जिल्ला शे फोक्शुण्डो गाउं पालिका वडानं २ लुरी गांउ निवासी हुनु हुन्छ उहाँ । उपल्लाे  डोल्पाका गुम्वा मठ मन्दीरबाट चोरीभई हराएका २८ थान मुर्तीहरू गुरुङकै पहलमा चीनबाट फिर्ता ल्याइएका थिए ।

उहाँले चीनबाट चोरी भएका २८ थान दुर्लभ मुर्तिहरू फिर्ता ल्याई देशको अमूल्य सम्पदा जोगाउनुभएको थियो।उहाँकै नेतृत्वमा रहेकाे काठमाडौस्थित स्नाेल्याण्ड रानाक लाईट अफ एजुकेसन नामक बोडिङ स्कुलमा असंख्य बालबालिकाले शिक्षा पाए,र पाइरहेका छन ।जब उहाँ सबल अवस्थामा हुनु हुन्थ्याे उहाँकै घर–गाडीमा राज्यका उच्च अधिकारीहरू सहित डाेल्पा जिल्लास्थित विभिन्न राजनीतिक दलका नेतृत्वहरुका समेत पाइला परे।

तर, आज ती सबै सम्झनाहरू मेटिँदै गएका छन्.। ७ वर्षदेखि प्यारालाइसिसले ग्रस्त, उही व्यक्तित्व अहिले अर्काको शरणमा, सहयोगको प्रतीक्षामा हुनुहुन्छ।

👉 खोई सरकार? खोई तिनै लाभ लिने मान्यवरहरू?उहाँले देश र जिल्लाका लागि गरेको त्याग अब बिर्सन मिल्छ र?

मनकारी हातहरूलाई आग्रह —उहाँको उपचार र जीवनका लागि तपाईंको सानो सहयोग पनि ठूलो वरदान बन्न सक्छ।

 📞 सम्पर्क: ९८४७७७८६७७

🙏 डोल्पाको गुम्बा, मन्दिर र मुर्तिहरूको रक्षक आज आफैं रक्षाको प्रतीक्षामा छन् — हामी सुन्नु जरुरी छ उनको मौनता💔

तपाईको प्रतिक्रिया