काठमाडौँ । तीन वटा विकासे मन्त्रालय सम्हालिरहेका मन्त्री कुलमान घिसिङले सोमबार राजनीतिक पार्टी दर्ता गराउने भएका छन् ।
स्रोतका अनुसार आज निर्वाचन आयोगमा दर्ता गर्न लागिएको पार्टीको नाम नेपाल जनसेवा रहने विषयमा छलफल भएको छ । ‘यद्यपि टुङ्गो लाग्न बाँकी रहेकाे बताइएपनि आज आयोगमा जाने तयारी चाहिँ भइसक्यो’, मन्त्री घिसिङ निकट स्रोतले डाेल्पान्युजलाई जानकारी दिएकाे छ।
पार्टीको आन्तरिक काम सकिएको भएपनि सहभागी हुने नागरिकहरूसँग पार्टीको नाममा अन्तिम छलफल सकिएकाे स्रोतले बतायो ।
घिसिङ निकट स्रोतले भन्यो, ‘आज दल दर्ताका लागि निवेदन पेस गर्ने तयारी गरेका छौँ, त्यसपछि धेरै कुरा थाहा भइहाल्छ, अहिलेलाई यति भनौँ ।’

डोल्पा न्यूज । २४ कार्तिक २०८२, सोमबार ०५:१७