ताजा समाचार

डोल्पामा एमाले परित्याग गर्दै सात जना नेपाली काँग्रेसमा प्रवेश

डोल्पा । डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका–३ का संतोष बहादुर शाही, भूमिका ठकुल्ला (शाही) लगायतका व्यक्तिले नेकपा एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।

त्यसैगरी अनेरास्ववियु डोल्पाका कोषाध्यक्ष समेत रहेका अम्मर बहादुर शाही, विश्वनाथ शाही, कर्ण शाही, शुमन सार्की र ठूलीभेरी नगरपालिका–१ का सार्के (कामी) पनि एमाले छाडेर काँग्रेसमा प्रवेश गरेका हुन्।

नव–प्रवेशीहरूलाई जिल्लाका समन्वय प्रमुख श्यामबहादुर रोकाया र नेपाली काँग्रेसका पार्टी सचिव हिक्मत शाहीले टिकाटाँडा र अबिर लगाएर स्वागत गरेका छन्।

दल परिवर्तनसहितको यो प्रवेश कार्यक्रम स्थानीय राजनीतिक परिवेशमा महत्वपूर्ण विकासका रूपमा हेरिएको नेपाली कांग्रेस डाेल्पाले जनाएकाे छ।

तपाईको प्रतिक्रिया