
डाेल्पा, भदौ १३ – संघीय मामिला तथा प्रशासन मन्त्रालयले डोल्पाका दुई नगरपालिका र तीन गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत (प्र.प्र.अ.) पठाएको छ। बिहीबार मन्त्रालयले उपसचिव र शाखा अधिकृतहरूलाई सरुवा गर्दै स्थानीय तहमा प्र.प्र.अ.को जिम्मेवारी तोकेको हो।
१. त्रिपुरासुन्दरी नगरपालिका – लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका उपसचिव नोखिराम ओली। (अहिले भीमबहादुर थापा निमित्त)
2. ठुलीभेरी नगरपालिका – सोही कार्यालयका उपसचिव लालबहादुर गुरुङ। (अहिले डीलप्रसाद रोकाया निमित्त)
3. जगदुल्ला गाउँपालिका – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका शाखा अधिकृत विनय खड्का। (अहिले खगेन्द्र ऐडी कार्यरत)
4. काइके गाउँपालिका – गृह मन्त्रालयका शाखा अधिकृत हरीप्रसाद देवकोटा। (अहिले ई. भोजराज जोशी कार्यरत)
5. छार्का ताङसोङ गाउँपालिका – बन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत नारायण रायमाझी। (अहिले अमरराज सेजुवाल कार्यरत)
यसअघि यी पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतहरूले जिम्मेवारी सम्हालिरहेका थिए।
देशभरका रिक्त पालिकामा प्र.प्र.अ. पठाउन मन्त्रालयले बिहीबार मात्रै १२२ उपसचिव र ९७ शाखा अधिकृतको सरुवा गरेको छ।

डोल्पा न्यूज । १३ भाद्र २०८२, शुक्रबार १२:५७