ताजा समाचार

डोल्पामा आकस्मिक बाढीले बगाउदा बालकको ज्यान गयाे

डाेल्पान्युज डेक्स

डोल्पा, भाद्र २, २०८२लगातारको भीषण वर्षा र अनियमित मौसमका कारण डोल्पामा फेरि एक दुःखद घटना घटेको छ।

शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दोका ग्याल्छेन लामा र श्रीमती कार्साङ गुरुङका ९ वर्षका छोरा आकस्मिक बाढीले बगाएर ज्यान गुमाएका हुन्। स्थानीयका अनुसार घर नजिकै वर्षौँदेखि सुख्खा रहँदै आएको, सामान्य अवस्थामा पानीको थोपा समेत नदेखिने खोलाबाट अचानक बाढी आएपछि बालक बगाएकाे शे-फाेक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेमावाङ्छेन गुरुङ्गले जानकारी दिए

माथिल्लो डोल्पादेखि देशभर जलवायु परिवर्तनका कारण अनियमित वर्षा, आकस्मिक बाढी र पहिराे बढ्दै गएकाे छ। यसले दिनप्रतिदिन जनधन दुवैमा क्षति पुर्‍याइरहेकाे स्थानीयवासीकाे भनाइ छ।

तपाईको प्रतिक्रिया