डोल्पा: नेकपा माओवादी केन्द्र निकट मातृ संघठन योङ कम्युनिस्ट लिक ( वाइसियल) त्रिपुरासुन्दरी नगर कमिटीको अध्यक्षमा किस्मत शाही सर्वसम्मत चयन भएका छन्।
शनिबार नेकपा माओवादी केन्द्र त्रिपुरासुन्दरी नगर कमिटीको दोश्रो ऐतिहासिक सम्मेलनमा शाहीको नेतृत्वमा वाईसिएलको ४५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयनको नगर कमिटीका इन्चार्जप्रताप विकले जानकारी दिए।
अध्यक्षमा शाही सगै उपाध्यक्षमा धर्मजित शाही, विजयलाल रोकाया सचिवमा हरिबहादुर बुढा, स-सचिवमा लाल बहादुर बोहोरा, नवीन पहाडी, एलिना पुन, कमला शाही र नगर कमिटी सह इञ्चार्जमा रामचन्द्र शाहीलाई सर्वसम्मत गरिएको इन्चार्ज विकले जानकरी दिए।