ताजा समाचार

मन्त्रीहरुकाे सपथ,प्रधानमन्त्रीपछिको वरीयतामा अर्थमन्त्री खनाल

काठमाडौ,डाेल्पान्युज

अर्थमन्त्री रामेश्वर खनाललाई प्रधानमन्त्रीपछिको वरीयता दिइएको छ । सोमबार शपथसँगै खनाललाई प्रधानमन्त्री सुशीला कार्की पछाडिको वरीयता दिइएको हो ।

खनालपछिको वरीयतामा ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङ र गृह एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्याल छन् । उनीहरूले आजै शपथ लिएका हुन् ।

खनाल र घिसिङ पूर्वप्रशासक र अर्याल कानूनी पृष्ठभूमिबाट आएका हुन् । उनी काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहका कानूनी सल्लाहकारसमेत हुन् ।

प्रधानमन्त्रीमा नियुक्त भएको तेस्रो दिन आइतबार राति कार्कीले तीन मन्त्री नियुक्त गरेकी थिइन् ।

भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनपछि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएका थिए ।

त्ससपछि जेनजीको माग अनुसार ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन गराउने शर्तमा कार्की प्रधानमन्त्री बनेकी थिइन् ।

सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।मन्त्रीहरुकाे सपथ कार्यक्रममा सभामुख र उपसभामुख उनुपस्थित रहे ।

तपाईको प्रतिक्रिया