ताजा समाचार

मनकारी केसीद्वारा अशक्त छात्रा अन्जुलाई बर्षभरीकाे लागि प्याड सहयाेग

डाेल्पान्युज डेक्स

डाेल्पा,पुस ७ गते ।बढ्दाे उमेर तर कक्षा सानाे जसले उनलाई मन खिन्न बनाउथ्याे कारण एउटै थियाे महिनावारी ।

कक्षा- ४ मा अध्यायनरत झाक्रीलाई महिनावारी भएकाे अवस्थामा विद्यालय जानै मन लाग्दैनथ्याे।सानाे कक्षामा पढ्ने त्यसैमा महिनावारी हुने हुंदा उनलाई लजाउने बानीले विद्यालयमा नजाम नजाम लाग्ने गर्थ्याे ।

यसाे त उनी अशक्त फरक क्षमताकि छात्रा हुन ।काइके गाउँपालिका घर भएकी अन्जु झाक्री यत्तिखेर उपल्लो दुनैस्थित ध्रुबतारा आधारभूत विद्यालयमा अध्यायनरत छन ।मुकुटेश्वर अपांग सेवा समितिद्वारा संचालित आवासीय श्राेत कक्षामा उनी अध्यानरत छन ।सामान्य परिवारकी उनी महिनावारीकाे समयमा प्याड नहंदा समस्यामा पर्दै आउनुका साथै पढाइ नै छाेड्ने मनस्थितिमा पुग्नु भएकाे थियाे ।

घरमा स्यानीटर प्याड किनेर झिकाम भन्ने अवस्था नभएकाे र लाजले विद्यालयकी मेडमलाई पनि भन्न नसकेर खिन्नता पालेर बसेकी उनलाई एक्कासी वर्षभरीकाे पुग्ने सेनेटरी प्याड पाएपछि अहिले उनकाे जीवनमा खुशियाली छाएकाे छ ।

अपांग श्राेत कक्षामा अध्यायनरत छात्रा सेनेटरी प्याडकाे समस्याले पढ्नै छाड्ने अवस्थामा पुगेकाे चाल पाएकी सदरमुकाम दुनैकि मनकारी समाजसेवी दिलु केसीले विद्यालयमै पुगेर बर्षभरी नै पुग्ने प्याड झाक्रीलाई दिनु भयाे ।

विकसित र ब्यवस्थित प्याडकाे अभावमा पुरानाे लत्ताकपडाकाे प्रयाेग गर्दै आएकी झांक्रीले स्यानीटरी प्याड पाएपछि खुशि ब्यक्त गर्नु भयाे।

हेर्दा सानाे सहयाेग देखिने भएपनि त्यसकाे अभावमा जीवनभर पछुतो लाग्ने अवस्थामा पुगेकी अन्जु झाक्रीले दिलु केसी आफ्नाे लागि भगवान नै बनेर आएकाे बताउनु भयने ।

यसाे त समाजसेवी मनकारी केसि र विद्यालयकअं प्रधानाध्यापक अमला शाहीले प्याड के कसरी प्रयाेग गर्ने भनेर समेत सिकाउनु भएकाे थियाे ।

स्यानीटरी प्याडकाे अभावले पढाइ नै छाड्ने अवस्थामा एक अशक्त छात्रा पुगेकाे खवर पाउनु भएकी मनकारी केसीले आफ्नाे खाजा खर्च कटाएर बचेकाे रकमले प्याड किनेर दिनु भएकाे हाे ।

महिनावारीकाे पीडा त्यसैमा छात्रालाई कस्ताे हुन्छ भन्ने नारीलाई मात्र थाहा हुन्छ त्यसैले सानाे भएपनि आफुले सहयाेग गरेकाे केसीले कताउनु भयाे ।आफुले सहयाेग गरेकाे छात्रा अशक्त विपन्न परिवारकाे समेत भएकाले अन्य मनकारी दातालाई समेत सहयाेग गर्न आग्रह गर्नु भएकाे छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!