जिल्लावाट गएकाे अनुगमन टाेलिले जगदुल्ला गाउँपालिकामा १८ हजार ३ सय बीस रुपियाँ बराबरकाे म्याद गुर्जेका सामान नष्ट गरेकाे छ ।
जगदुल्लाका ३, ५ र ६वडा भित्र संचालित विभिन्न हाेटल, किराना पसल र फ्रेसहाउसहरुमा अनुगमन गर्ने क्रममा म्याद गुर्जेका सामान नष्ट गरिएकाे हाे ।
डाेल्पाका सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन अधिकृत दामोदर ज्ञवालीकाे नेतृत्वमा जगदुल्लामा पुगेकाे अनुगमन टाेलिले म्याद गुर्जेका सामानहरु जफत गरि नष्ट गरिएको उधाेग तथा उपभोक्ता हित संरक्षण कार्यालय डाेल्पाका प्रमुख सत्या बहादुर भण्डारीले बताए ।
दर्ता नगरेर संचालित हाेटल तथा पसलका साहुजिहरुलाई यथासिघ्र ब्यवसाय दर्ता गर्न निर्देशन दिएकाे समेत प्रमुख भण्डारीले डाेल्पान्युज अनलाइनलाई बताए ।
जगदुल्ला गाउँपालिका भित्रका हाेटल पसलहरुमा सबैभन्दा बढि जिरा, बेसार, भान्सामा प्रयाेग हुने मसला आइटम म्याद गुर्जेका पाइएको छ ।
यस्तै बालबालिकाले खाने मिठाइँ आइटम र भुजा म्याद सकिएको भेटिएको छ। याे भन्दा पहिले सदरमुकाम दुनै बजार, जुफाल बजार र त्रिपुराकाेट बजार तिर मात्र अनुगमन हुने गर्दथ्याे ।
याे पटक जगदुल्लाका ग्रामिण भेगमा सञ्चालित हाेटल पसलहरुमा अनुगमन गरिएको हाे ।
उपभोक्ताकाे स्वस्थ्यलाई मध्यनजर गर्दै ग्रामीण भेगमा संचालित व्यवसायलाई नियमित रुपमा अनुगमन तथा नियमन गर्न आवस्यक रहेकाे सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन अधिकृत दामोदर ज्ञवालीकाे भनाई छ ।