ताजा समाचार

बागवानी विकास केन्द्र जुफालको माटो सुधारउन्मुख 

बागवानी विकास केन्द्र जुफालको माटो सुधारउन्मुख रहेको पाइएको छ ।एकीकृत कृषि प्रयोगशाला सुर्खेतबाट आएको कृषि विज्ञ सहितको टोलीले माटो परीक्षण गर्नेक्रममा जुफाल केन्द्रको माटो सुधारउन्मुख रहेको पाइएको हो ।

एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख पशुराम रावत विज्ञ बेदप्रसाद चौलागाई माटो विज्ञ प्रयोग शाही कृषि प्राविधिक विष्णु क्षेत्री दिपा खड्का पुजा डिसि सहितको टोलीले जुफाल केन्द्रमा माटो परीक्षण गरेको हो ।

सुर्खेतदेखि डोल्पा पुगेको कृषि विज्ञ सहितको टोलीले माटो परिक्षणका साथै ठुलिभेरीनगरपालिका ५ मा रहेको माझफाल क्षेत्रमा तरकारी बिउ पकेट हुन सक्ने सम्भाब्यता अध्यायन अवलोकन समेत गरिएको बागवानी विकास केन्द्र जुफालका प्रमुख सम्पती बुढाले जानकारी दिए ।

प्रमुख बुढाका अनुसार बागवानी विकास केन्द्रको माटोको अवस्था पिएच चार पोइन्ट नौ देखि सात पोइन्ट दुई सम्म रहेको पाइएको छ ।

जुफाल केन्द्रबाट रायो मुला काउली गाजर र स्वीसचार्ड गरि पाँच किसिमको तरकारीको बिउ उत्पादन हुदै आएको बागवानी विकास केन्द्र जुफालका कृषि प्राविधिक  डिल्ली बोहोराले बताए ।

एकीकृत कृषि प्रयोगशाला सुर्खेतबाट आएको विज्ञ सहितको टोलीले बागवानी विकास केन्द्र जुफालमा बिउ उत्पादन क्षेत्रको अनुगमन मुल्याङ्कन समेत गरेको छ ।जुफाल केन्द्रमा चैत १० गते र दुनैमा ११ गते माटाेको परीक्षण तथा अनुगमन अवलोकन गरिएकाे हाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!