ताजा समाचार

त्रिपुरासुन्दरीको फुल्चिङमा बर्थिङ सेन्टरको धुमधामका साथ उद्दघाटन! 

पुर्ण सार्की/ डोल्पा न्युज।डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ०६ मा पर्ने फुल्चिङ गाउँमा वर्थिङ सेन्टरको उद्दघाटन गरिएको छ।

आईतबार त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख जनचन्द्र रोकायाको प्रमुख आतिथ्य तथा जिल्ला अस्पताल डोल्पाका चिकित्सा प्रमुख डा. अखण्ड उपाध्यायको विशेष उपस्थितीमा फुल्चिङ वर्थिङ सेन्टरको उद्घाटन गरिएको त्रिपुरासुन्दरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तुल बहादुर श्रेष्ठले जानकारी दिनु भयो।

यस ठाउँमा वर्थिङ सेन्टरको स्थापना भए सगै यहाँका महिलाहरूको सुत्केरी अवस्थामा त्रिपुराकोट र सदरमुकाम दुनै स्थित जिल्ला अस्पताल जाने समस्याको अन्त्य भएको छ।

वर्षौ देखि सुत्केरी अवस्थामा वर्थिङ सेन्टरको अभाव झेलीरहेका त्रिपुरासुन्दरी ५, ६ का नागरिकले अब भने पक्की भवन सहितको वर्थिङ सेन्टर देखि सेवा सुविधा पाउने छन्।

वर्थिङ सेन्टरलाई आवश्यक पर्ने श्रोत साधन र जनशक्ति सहित व्यवस्थापन गरिएको समेत स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताउनु भयो।

वर्थिङ सेन्टरको उद्दघाटन समारोहमा पुगेका नगर प्रमुख रोकायले आवश्यक जन शक्ति र सडक पहुँचको विस्तारलाई समेत ध्यानमा राखी तत्काल काम अगाडि बढाउन निर्देशन दिने बताउनु भयो।

वर्थिङ सेन्टरको उद्दघाटन समारोहमा नगर प्रमुख रोकाया, निमित्त प्रमुख प्रशासकीय हीराचन्द्र धरला, जिल्ला अस्पताल डोल्पाका चिकित्सा प्रमुख डा. अखण्ड उपाध्याय, वडा नं ०६ का अध्यक्ष दीपेन्द्र चलाउने,  पत्रकार महासंघ डोल्पाका शाखाका नव निर्वाचित अध्यक्ष सरोज थापा लगायत स्थानीयको उपस्थिति रहेको थियो।

तपाइको प्रतिक्रिया