डाेल्पान्यूज डेक्स 
डाेल्पा  असार १५ । ठूलीभेरी नगरपालिकाका नगरप्रमुख सुवर्ण  कुमार बुढाले हाल देशभर भइरहेको अविरल वर्षाका कारण डोल्पालगायतका हिमाली तथा पहाडी जिल्लाहरूमा हुने संभावित सडक जोखिम र दुर्घटनालाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन सार्वजनिक अपिल गरेका छन्।
उनले भने, “नेपाल भित्र हालसम्म ६६ जिल्लामा वर्षाका कारण जनधनको क्षति भइसकेको छ। यस्तो अवस्थामा डोल्पा लगायतका क्षेत्रमा पनि नेपाली नागरिक तथा विदेशी पर्यटकहरू सतर्क रहनु जरुरी छ।”
नगरप्रमुख बुढाले स्थानीय प्रशासन र सुरक्षानिकायसँग समन्वय गरी जोखिम भएका ठाउँहरूमा अस्थायी रूपमा आवागमन रोक्नुपर्ने र सुरक्षित यात्रा सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

डोल्पा न्यूज । १५ असार २०८२, आईतवार १९:२१