ताजा समाचार

अध्यादेश ल्याउन सांझ ७ बजे मन्त्रिपरिषद् बैठक बस्दै

डाेल्पान्यूज डेक्स

आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । साँझ ७ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्को बैठक अगाडि प्रधानमन्त्री ओली राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए । उक्त भेटमा मुख्य सचिव एकनारायण अर्याल र कानूनमन्त्री अजयकुमार चौरसिया पनि सहभागी थिए ।

प्रधानमन्त्री ओलीले सरकारलाई काम गर्न अप्ठ्यारो परेको भन्दै केही नेपाल ऐन संशोधनका लागि अध्यादेश ल्याउने तयारी गरेका छन् । राष्ट्रपतिसँग पनि यसै विषयमा छलफल भएको बुझिएको छ ।

‘पुरानो कानुनको कारण सर्वसाधारणले दुःख पाएका छन् । कतिपय कानुनले विकास निर्माणको काम गर्न अप्ठ्यारो पारेको र अल्झिने विषय पनि छन्,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘यसैले केही प्रक्रिया फुकाउनको लागि अध्यादेशको तयारी भएको पनि हुन सक्छ ।’तर दल विभाजनसम्बन्धी अध्यादेश नआउने दाबी प्रधानमन्त्री निकट स्रोतले गर्‍यो ।

तर प्रधानमन्त्री दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको आशंकामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपासहितका दलले लगातार छलफल गरेका छन् । बिहीबार पनि माओवादी र समाजवादीबीच छलफल भएको थियो ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!