त्रिपुरासुन्दरी नगरपालिका–१ मुलछरास्थित फूलापाती मन्दिरबाट टाँकेडाँडास्थित त्रिपुरासुन्दरी भगवती मन्दिरको लागि फूलपातीसहितकोे डोली भित्र्याइएको छ ।
विधिपूर्वक पूजाआजा गरी विष्टकाजी फूलाहारा(डोले)ले भगवतीको मुल मन्दिरमा भित्र्याएका हुन ।फूलपातीको डोली विष्टकाजी फूलहाराले काँधमै बोकेर मन्दिरमा भित्र्याउने चलन रहेको मुलपुजारी देबिकृष्ण उपाध्यायले जानकारी दिनु भयो ।
उहाँका अनुसार फूलपाती मन्दिरवाट फूलपातीसहितको डोली सुरक्षाकर्मीको स्कटिङमा ल्याएर खौलास्थित कोटखौलामा विशेष पूजाआजा गरि बाजागाजा सहित मंगलध्वनीका साथ त्रिपुरासुन्दरी भगवती मन्दिरको मुल मन्दिरमा जमारा राखिएको भगवतीको विराजमान गद्दी(आसन)मा ल्याइने प्रचलन छ ।कोटखौलामा फूलपातीसहितको डोली पूजाआजाको क्रममा नेपाल प्रहरीवाट विशेष सलामी दिने चलन समेत छ ।
डोल्पाको त्रिपुरासुन्दरी भगवती मन्दिरमा विसं १११४ सालअघिदेखि नै फूलपातीसहितको मन्दिरका काजीविष्टको नामले चिनिने फूलहाराले फूलैफूलले सुसज्जित डोली काँधमा बोकेर फूलपाती मन्दिरवाट मुल मन्दिरमा लगिने गरिन्छ ।
बर्षनि बडादसैको सातौं दिन फूलपाती मन्दिरवाट मूलमन्दिरमा फूलपाती भित्रएसंगै डोल्पालीले आआफ्ना घरमा फूलपाती स्वरुप हजारि फूलको डाँठसहितको फूलको बोट मार्सिंफूलको बोट मकैको बोट बालासहितको धानको बोट लगायतका फूलपाती ल्याएर जमारा राखिएको स्थानमा राखि पूजाआजा गर्ने चलन रहेको अर्का पूजारि टंकप्रसाद उपाध्यायले बताउनु भयो ।