ताजा समाचार

डाेल्पाकाे दुनैमा अवैध रुपमा पेट्रोलियम पदार्थकाे विक्री राेक्न नगरकाे १५ दिने सुचना

डाेल्पान्यूज डेक्स

डाेल्पा,पुस १५ गते ।

डाेल्पाकाे सदरमुकाम दुनै बजारमा अनाधिकृत रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण हुने गरेकाे पाइएकाे छ ।

नगर प्रहरी र न्यायिक समितिका कर्मचारीले दुनै बजारका ठाउँ ठाउँमा राखिएका पेट्रोल डिजेलहरुकाे अनुगमन निरीक्षण गर्दा अवैध रुपमा मनलाग्दाे विक्रीवितरण भएकाे पाइएकाे हाे ।

अवैध रुपमा संचालित त्यस्ता पसलहरु  पुस मसान्त भित्र हटाउन निर्देशन दिइएकाे ठुलीभेरी नगरपालिका डाेल्पाका नगर प्रमुख सुवर्ण कुमार बुढाले जानकारी दिनु भयाे ।

दुनै बजारमा आधिकारिक पेट्रोलियम पदार्थ विक्रीकाे लागि नेपाल आयल निगमकाे स्टाेर स्थापना भैसकेकाेले  मिठाइँ बिक्री गरे जस्ताे गरि ढाेकाढाेकामा पेट्रोल राख्नु उचित नभएकाे नगर प्रमुख बुढाकाे भनाई छ।

सदरमुकाम दुनै बजारका सबै पसलहरुमा पेट्रोलियम पदार्थ विक्री गरेकाे भन्ने  गुनासो आएपछि  अबैध बिक्री वितरण राेक्न नगरपालिकाले पहिलो चरणमा आफै हटाउन सुचना जारी गरेकाे ठुलीभेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष खड्काले बताउनु भयाे ।

अधिकृत खड्काले भन्नु भयाे”  दिनप्रतिदिन खडेरी बढिरहेको छ। बेलैमा अबैध रुपमा ठाउँ ठाउँमा राखेको पेट्रोलियम पदार्थ हटाएनाैं भने भाेलिका दिनमा आगलागीबाट ठुलै क्षति हुन सक्छ। पेट्रोलियम पदार्थ जस्ताे संवेदनशील वस्तु सडकका पेटिमा जर्किन ड्रममा खारेर बिक्री गर्नु राम्राे नभएकाे निमित्त प्रशासकीय अधिकृत खड्काले बताउनु भयाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!