ताजा समाचार

डोल्पा दुर्घटना अपडेट:घाइते चालकलाई थप उपचारको लागि प्रदेश हस्पिटल सुर्खेत रिफर 

पुर्ण सार्की/ डोल्पा न्युज: हिमाली जिल्ला डोल्पामा मोटरसाइकल दुर्घटना परी घाइते भएका सवारी चालकलाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ।

दुर्घटनामा परी घाइते भएका १९ वर्षीय चालक विकास विकको जिल्ला अस्पताल डोल्पामा उपचार सम्भव नभएपछि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको जिल्ला अस्पताल डोल्पाका चिकित्सा शाखा प्रमुख डा. अखण्ड उपाध्यायले डोल्पा न्युजलाई जानकारी दिए। डा. उपाध्यायका अनुसार चालक विकको टाउको र शरीरको अन्य भागमा गहिरो चोट लागेको छ। उनी सगै मोटरसाइकल दुर्घटना परी घाइते भएका सल्यानका १८ वर्षीय गोपाल विकको भने जिल्ला अस्पतालमै उपचार भै रहेको छ।

त्रिपुरासुन्दरी नगरपालिका वडा नं ०१ मुलछरा नजिक आज अपरान्ह ४ बजे तिर डोल्पाको पवित्र धार्मिक स्थल श्री बाला त्रिपुरासुन्दरी मन्दिर दर्शन गरी त्रिपुराकोट बगर बजार फर्किने क्रममा दुर्घटना परी घाइते भएका थिए। घाइते भएका दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल डोल्पा पुर्याइएको थियो।

तपाइको प्रतिक्रिया

error: Content is protected !!