हिमाली जिल्ला डोल्पाको दुनैस्थित अस्पतालमा  पहिलो पटक कानको सफल शल्यक्रिया भएको छ ।
ब्याक टु लाइफ इभीको सहयोगमा गएकाे फागुन २९ र चैत १ मा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा कानकाे शल्यक्रिया भएकाे हाे ।
दुई दिन सम्म संचालन भएकाे शिविरमा तीन सय उनन्न पचास जनालाई कान, नाक, घाँटीसम्बन्धी रोगहरूको निदान तथा उपचार र सुन्ने क्षमता कम भएका २५ बिरामीहरूका सुन्ने क्षमताको जाँच गरिएकाे थियो।
डा अरुण केसीको नेतृत्वमा पहिलो पटक जिल्लामै कानको शल्यक्रिया सुरु भएको जिल्ला अस्पतालले जनाएकाे छ । शिविरमा उपचारको लागि आएका सबै चेकजाँच, शल्यक्रिया तथा औषधि वितरण निःशुल्क गरिएको जिल्ला अस्पताल दुनै डोल्पाका चिकित्सा शाखा प्रमुख डा. अखण्ड उपाध्यायले जानकारी दिनु भयाे ।

डोल्पा न्यूज । ६ चैत्र २०८१, बुधबार ००:१७