ताजा समाचार

महत्त्वपूर्ण निर्णयसहित नेकपा (एकीकृत समाजवादी) डोल्पाको सचिवालय बैठक सम्पन्न

विष्णुप्रसाद देवकोटा 

डोल्पा, श्रावण १०।नेकपा (एकीकृत समाजवादी) डोल्पा जिल्ला कमिटीको सचिवालय बैठक २०८२ साल श्रावण ९ गते सम्पन्न भएको छ। बैठकले पार्टी सुदृढीकरण, सांगठनिक विस्तार, अधिवेशन तयारी तथा वाम एकता अभियानलाई गति दिन विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले सबै पालिकाहरूमा संगठित सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण कार्य २०८२ भदौ मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरेको छ। उक्त कार्यको संयोजन सम्बन्धित पालिका इन्चार्जहरूले गर्नेछन् भने भूगोलअनुसार प्रदेश, जिल्ला, गाउँ/नगर र वडा कमिटीका सदस्यहरू पूर्ण रूपमा संलग्न हुनेछन्। समग्र समन्वय जिम्मेवारी जिल्ला इन्चार्ज, सह-इन्चार्ज र जिल्ला पदाधिकारीलाई दिइएको छ।

यसअघि २०८१ पौष २६ र २७ गते कर्णाली प्रदेश कमिटीको बैठकबाट जिम्मेवारी पाएका पालिका इन्चार्जहरुमा ठुली भेरी: क. कर्ण बहादुर रोकाया त्रिपुरासुन्दरी: क. धर्मलाल बुढा काइके: क. अंगद कुमार राना मुड्केचुला: क. कृष्ण बोहरा जगदुल्ला: क. लक्ष्मी कुमारी बुढा शे-फोक्सुण्डो: क. काली बुढा छार्का ताङ्सोङ: क. तेजेन्द्र बुढा डोल्पा बुद्ध: क. ओमकार रोकाया छन ।

साथै, बैठकले अधिवेशन हुन बाँकी रहेका वडा, गाउँ/नगर र प्रदेश निर्वाचन क्षेत्रहरूमा २०८२ असोज मसान्तभित्र अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ। यो कार्यसमेत पालिका इन्चार्जहरूकै संयोजनमा हुनेछ।

पार्टीको पहलमा गठन हुन लागेको समाजवादी मोर्चा नेपाल, डोल्पा को सन्दर्भमा मोर्चामा आबद्ध अन्य दलहरूसँग छलफल गर्न केन्द्रीय सदस्य तथा जिल्ला सह-इन्चार्ज क. हरीप्रसाद डाँगी, जिल्ला अध्यक्ष क. छक्कबहादुर धरला र प्रदेश सदस्य तथा जिल्ला समन्वय समितिका उपप्रमुख क. तेजेन्द्र बुढासहितको तीन सदस्यीय कार्यदल गठन गरिएको छ।

जनवर्गीय संगठनहरूको सन्दर्भमा हाल विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारीहरूलाई पत्राचार गरी संयुक्त बैठकको आयोजना गर्ने निर्णय पनि गरिएको छ। सो कार्यको संयोजन जिल्ला अध्यक्ष क. छक्क बहादुर धरलाले गर्ने छन्।

बैठकले प्रदेश सचिवालय सदस्यका लागि क. काली बुढा र क. कृष्ण बोहरालाई सिफारिश गर्ने निर्णय गरेको छ।

त्यस्तै, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक क. वामदेव गौतमसहितका नेता कार्यकर्ताहरू पार्टीमा समायोजन (एकता) भएकोमा स्वागत प्रकट गर्दै, पार्टीको अग्रसरतामा अन्य वामपन्थी शक्तिहरूसँग एकताको प्रक्रिया अघि बढाउने निर्णय पनि गरिएको छ। बैठकले समाजवादी मोर्चा नेपाल तथा अन्य वामपन्थी शक्तिसँग ध्रुवीकरण र एकता गर्न पार्टी केन्द्रसमक्ष आग्रह गर्ने उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया