डोल्पा,माघ २६ गते। नेपाल तरुण दल डोल्पाका अध्यक्ष भिम बाेहाेराले बाला श्रीबाला त्रिपूरासुन्दरी भगवतीको मन्दिरमा सेवाभावले ब्यक्तिगत रुपमा कम्मल सहयाेग गरेका छन ।
निर्माण व्यवसायी समेत रहेका अध्यक्ष बोहोराले मन्दिरमा पुजारी लगायत दर्शानार्थीलाई सहजताकाे लागि १० थान कम्मल सहयाेग गरेका हुन ।
त्रिपुरासुन्दरी मन्दिर माघ २६ गतेबाट संचालन हुन गइरहेकाे नवा महायज्ञ पुजाकाे अवसर पारेर तरुण अध्यक्ष तथा ब्यावसायी बाेहाेराले कम्बल सहयाेग गरेकाे बताएका छन ।
मन्दिर सबैकाे आस्थाकाे धराेहर भएकाले यस्ता सहयाेगले आत्म शान्ति र मानविय सेवा समेत हुने भएकाले सानाे सहयाेग स्वरुप कम्बल उपलब्ध गराउदा मनमा आन्नदकाे अनुभुति भएकाे बाेहाेराले डाेल्पान्युज डटकमलाई बताए ।
बाेहाेराले उपलब्ध गराएकाे कम्मबल मन्न्दिर पुजारी देविकृष्ण न्याैपानेले ब्यवसनयी बाेहाेराकाे प्रतिनिधिकाे हातबाट बुझेका थिए ।
जस्तो पबित्र ठाउमा केही चढाउन र सहयोग गर्न पाउनु र गर्नु धर्मिक आस्था र मनो शानिसंगै सन्तुष्टि हुने उनकाे भनाई छ ।