पुर्ण सार्की/डोल्पा: डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले नगरपालिका भित्रका ९ वटा वडाका उपभोक्ता समितिका पदाधिकारीहरुलाई एक दिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ। 
नगरपालिकाले दुई चरणमा गरेर पालिका भित्रका ९ वटा वडाका उपभोक्ता समितिका पदाधिकारीहरुलाई १ दिने अभीमुखिकरण कार्यक्रम सम्पन्न गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भीम बहादुर थापाले जानकारी दिए ।
पहिलो चरणमा चैत्र ३ गते नगरपालिकामा क्रमशः १,२,३,४ नं वडा र दोस्रो चरणमा चैत्र ०७ गते बिहीबार लिकुमा क्रमशः ७,८,९,१० ,११ नं वडा भित्रका उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखिरण कार्यक्रम सम्पन्न गरेको छ। 
अभिमुखिकरण कार्यक्रममा योजना सञ्चालन गर्नु पूर्व पुर्याउनु पर्ने प्रक्रिया,योजना कार्य गर्दा आउने समस्याहरूको सुझाव, योजना किताब र भर्ने सीपको विषयमा उपभोक्ता समितिका पदाधिकारीहरुलाई सिकाइएको त्रिपुरासुन्दरी नगरपालिका सब इन्जिनियर राहुल कुमार यादवले जानकारी दिए। यादवले भने ” यस्तो कार्यक्रम गर्ने हाम्रो पालिका जिल्लामै पहिलो पालिका हो। यस्ता कार्यक्रमले उपभोक्ता समितिको ज्ञान, सीपको विकास हुन्छ।” 
उपभोक्ता समितिलाई यस्ता कार्यक्रमले टेवा पुग्ने र योजना निर्माण गर्दा दुःख भोग्नु पर्ने समस्याको अन्त्य हुने सब इन्जिनियर यादवको भनाइ छ ।कार्यक्रममा फाइनल भुक्तानी कसरी गर्ने, योजनामा कस्तो प्रकारका समान प्रयोग गर्ने भन्ने विषयमा समेत जानकारी दिईएको थियो।
कार्यक्रममा उपस्थित योजना उपभोक्ता समितिका पदाधिकारीहरुलाई समयमै काम सम्पन्न गरी असारको १० गते भित्र भुक्तानी प्रक्रिया अघि बढाउन नगरपालिकाकी उपप्रमुख देवी घर्तिले सुझाव दिईन।
उप प्रमुख घर्तिले भनिन् ” समयमै प्राविधिक योजना अनुसारको काम सम्पन्न गरी आगामी असार मसान्त लाग्नु पुर्व नै भुक्तानीको प्रक्रियाको लागि तयार हुनुहोला। योजनाको काम भने प्राविधिकको योजना अनुसार सम्पन्न गर्नुहोला”।
नगर उप-प्रमुख घर्तीको संयोजकत्वमा गरिएको अभिमुखिकरण कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत थापा, नगरपालिकाका प्राविधिक तथा सुचना अधिकारी चन्द्र शिखर ओली, प्रत्येक वडाका वडा अध्यक्ष र त्यहाँका वडा प्राविधिक, लेखा प्रमुख , प्रत्येक वडा भित्रका योजना उपभोक्ता समितिका पदाधिकारीहरु लगाएतको उपस्थित रहेको थियो।
नगरपालिकाले तेश्रो चरणमा ५ र ६ नं वडाका उपभोक्ता समितिका पदाधिकारीहरुलाई यही चैत्र ९ गते खदाङ या श्रिविन्देमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने छ।
आजको बैजनाथ राष्ट्रिय दैनिकमा समाचार छ

डोल्पा न्यूज । ८ चैत्र २०८१, शुक्रबार ०७:०४