ताजा समाचार

मानवअधिकार रक्षकहरुकाे लागि ५ दिन क्षमता विकास तालिम दुनैमा सम्पन्न

विष्णुप्रसाद देवकोटा

डाेल्पा,मङ्सिर २६ गते ।

मानवअधिकार रक्षकहरुकाे लागि ५ दिने क्षमता विकास तालिम सदरमुकाम दुनैमा सम्पन्न भएकाे छ ।

महिला सशक्तीकरण केन्द्र डोल्पाको आयोजना तथा संयुक्त राष्ट्रसङ्घको आर्थिक सहयोगमा ठूलीभेरी नगरपालिकाको सम्पन्न भएकाे हाे ।

ठूलीभेरी नगरपालिकाका ८ वटा वडाबाट प्रतिनिधित्व हुने गरि महिला ११ र पुरुष १२ गरि २३  जनाको सहभागिता रहेकाे  मानवअधिकार रक्षक तालिम मङ्सिर २१ देखि २५ गतेसम्म  जिल्ला समन्वय समितिको सभाहलमा सञ्चालन भएकाे थियाे ।

सहजीकरण महिला सशक्तीकरण केन्द्र डोल्पाको कार्यकारी निर्देशक रणबहादुर कार्की, जिल्ला अदालत डोल्पाका श्रेस्तादार हरिगोपाल ज्ञवाली, जिल्ला प्रहरी कार्यालयका सहायन निरीक्षक सुवास राणा र बैतनिक वकिल तथा अधिक्तवक्ता पूर्णप्रसाद हमालले तालिममा सहभागीहरुलाई सहजिकरण गर्नु भएकाे थियाे ।

मानवअधिकारको अर्थ, परिभाषा,  पृष्ठभूमि,  मानवअधिकारको महत्व,  वर्गीकरण,  संयुक्त राष्ट्रसङ्घको वडापत्र १९४८,  नेपालको संविधान,  यसका विशेषता,  मौलिक हक र राज्यका निर्देशक सिद्धान्त,  मौलिक हक र मानवअधिकार बिच समानता र भिन्नतालगायतका विषयमा सहभागीलाई प्रशिक्षण दिइएकाे थियाे ।

यसैगरी  मावअधिकार र अधिकार बिच समानता र असमानता, मानवअधिकार उल्लङ्घन र अपराध बिच फरक, मानवअधिकार रक्षक के, किन र कसरी र राज्यको परिभाषा, विशेषता, मानवअधिकार रक्षकका विशेषता, प्रकार मानवअधिकारका कर्तव्य र जिम्मेवारी, मानवअधिकार रक्षकले गर्न हुने र नहुने कामहरु,  मानवअधिकार रक्षक सम्बन्धी निर्देशिका २०६९ र यसको विशेषता,  विद्युतीय अपराध र लागु औषध दुर्व्यसनी बारे परिभाषा, वेफाइदा र रोकथाम सम्बन्धी कानुनी र संरचनात्मक व्यवस्थाका हिंसा र हिंसाका प्रकार र यसको रोकथाम सम्बन्धी कानुनी नीतिगत र संस्थागत प्रवन्धको बारेमा विभिन्न सत्रमा समुहगत छलफल प्रश्नोत्तर र प्रस्तुतीकरण कार्य गरिएको थियो ।

५ दिने तालिमकाे समापन  महिला सशक्तीकरण केन्द्र डोल्पाको कार्यकारी निर्देशक तथा तालिम सहजकर्ता रणबहादुर कार्कीको अध्यक्षता तथा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकायाको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो ।

समापन सत्रमा बाेल्दै  प्रमुख अथिति समन्वय प्रमुख राेकायाले  सहभागीहरुलाई तालिमबाट सिकेका विषयवस्तुहरुलाई व्यवहारमा प्रयोग गर्न र तालिम पश्चात सहभागीहरुको आनीवानी व्यवहार शैली र सोचमा परिवर्तन गर्न अनुरोध गर्नुका साथै सिकेका कुरालाई अरुलाई सिकाउन सुझाब दिनुभयो ।

सहभागीहरुकाे तर्फबाट पवि शाही र सरोजविक्रम शाहीले ५ दिने तालिममा धेरै विषयहरु सिकेको र मानवअधिकारका विविध क्षेत्रमा जानकारी हासिल गर्ने अवसर प्राप्त भएकाे बताउनु भयाे ।

महिला सशक्तीकरण केन्द्रका  कार्यकारी निर्देशक तथा सहजकर्ता  रणबहादुर कार्कीले सहभागीहरुलाई आफूले सिकेका सिप क्षमता र ज्ञान अन्यलाई सिकाउन र मानवअधिकारको विषयमा अधिकार र कर्तव्यलाई सँगसँगै अनुसरण गर्न आग्रह गर्नु भएकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!