ताजा समाचार

धावनमार्ग सुधार कार्य सम्पन्न पछि आईतवारवाट जुफाल विमानस्थल संचालन

डाेल्पाकाे जुफाल विमानस्थल सन्चालनमा आएकाे छ ।धावनमार्ग मर्मत कार्य पूरा भएपछि  मर्मत कार्यकाे  ५३ दिनपछि सञ्चालनमा आएकाे हाे ।

आईतबार बिहान नेपालगन्जबाट तारा एयरको विमान अवतरण भएसँगै विमानस्थल सञ्चालन भएको हो । धावन मार्ग निर्माणको जिम्मा आजिवन तामाङ मरिन जेभी धादिङले मूल्य अभिवृद्धि करसहित छ करोडमा लिएको थियाे।

विमानस्थलको धावन मार्ग कतै उठेको कतै बसेको र केही ठाउँमा चिरा परेर भासिएपछि १८५ मिटर स्तरोन्नति गरिएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर वीरप्रसाद शाहीले जानकारी दिए ।

धावनमार्गको एक सय ८५ मिटर मर्मत गरिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण एराेड्रम ईन्जिनियरिङ विभाग डाेल्पा जुफाल विमानस्थल आयाेजनाले गएकाे चैत २९ गते विमानस्थलकाे धावनमार्ग मर्मत(सुधार) कार्य सम्पन्न गरेर उडान संचालन याेग्य भएकाे जानकारी नागरिक उड्डयन कार्यालय  जुफाललाई गएकाे चैत ३० गते नै पत्र मार्फत गराएकाे  थियाे ।

नयाँ बर्षकै दिनमा विमानस्थल सुचारु गरिने बताइए पनि नेपालगन्जमा निजि एयरलाइन्सका जहाज नभएकाले उडान हुन सकेकाे थिएन ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!