त्रिपुराकाेट,कात्तिक २८ गते ।त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकाेट बगरका एक युवकले डिसहाेमकाे तारले घांटीमा पासाे लगाएर आत्महत्या गरेका छन ।
त्रिपुराकाेट गाउँका ३१ वर्षीय युवक राजेन्द्र राेकायाले डिसहाेमकाे तारले पासाे लगाएर आफ्नै भान्सा काेठामा आत्महत्या गरेका हुन ।मंगलबार साझ अंदाजी ६.३० बजेकाे समयमा भान्सामा दक्षिण माेहडा मुख फर्काएर झुन्डिएको अवस्थामा राेकाया भेटिएका थिए ।
बुधवार विहान जिल्ला प्रहरी कार्यालयबाट पुगेकाे प्रहरी निरिक्षक रमेश बस्नेतकाे अनुसन्धान टाेलीले घटनास्थलकाे मुचुल्का उठाएर शब पाेष्टमार्टमकाे लागि जिल्ला अस्पतालमा ल्याइएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
नगरले शब बाेक्न एम्बुलेन्स नदिएपछि स्थानीय आक्राेसित
त्रिपुराकाेट बगरबाट पाेष्टमार्टमकाे लागि शब जिल्ला अस्पताल दुनैसम्म लिन नगरले एम्बुलेन्स नदिएपछि स्थानीय आक्राेसित भएका छन ।
निजि जीपहरुले शब बाेक्न नमानेपछि स्थानीयले नगरपालिकाकाे एम्बुलेन्स उपलब्ध गराउन मृतकका आफन्तले नगरप्मुख जनचन्द्र राेकाया र निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धरालालाई आग्रह गर्दा पनि एम्बुलेन्स उपलब्ध गराउन नमाने पछि स्थानीय आक्राेसित बनेका हुन ।
किन र के कारणले दुखदमा नगरकाे एम्बुलेन्स उपलब्ध नगराएकाे भन्ने जिज्ञासामा नगरप्रमुख जनचन्द्र राेकायाले एम्बुलेन्सकाे काम विरामी बाेक्ने तर शब बाेक्न नमिल्ने भएकाले बरु निजि जीपमा लाग्ने खर्च नगरले ब्यहाेर्ने भनेकाे बताउनु भयाे ।
उहाँले भन्नू भयाे,एउटाकाे शब बाेक्याे भने अर्काे पटक पनि शब बाेक्नु पर्छ याे विवादित बन्छ,शब बाेक्ने काम शब वाहनकाे हाे तर डाेल्पामा शब वाहन छैन निजि जिप प्रयाेग गर्नु पर्ने बाध्यता छ ।
त्रिपुरासुन्दरी नगरपालिकाकाे सम्पत्ति कुनै नगरप्रमुख र कार्यकारीकाे बुबाकाे पेवा नभएकाले जनताकाे दुख र सुखमा ठाउँकाे अवस्था र परिवेश अनुसार ब्यवहारिक रुपमा कार्यन्वयन गर्नु पर्ने स्थानीय गाैरीशंकर उपाध्यायले बताउनु भयाे ।
लामाे समयकाे विवाद बीच सुरक्षाकर्मी र स्थानीयकाे प्रयासमा निजि जीपमार्फत शब सदरमुकाम दुनैस्थित अस्पतालमा लगिएकाे छ ।