विष्णुप्रसाद देवकोटा
डोल्पा, साउन २२ गते।डोल्पा जिल्लामा तीर्थयात्राबाट फर्किरहेका एक वृद्ध तीर्थयात्रीको बाटोमै मृत्यु भएको छ। ठूलीभेरी नगरपालिका–५ माझफाल निवासी ५१ वर्षीय लालबहादुर बुढाको साउन २० गते मृत्यु भएको हो।
केही दिनअघि पूर्वी रुकुम र डोल्पाको सिमानास्थित ‘सुनदह’ क्षेत्रमा कुलदेवताको पूजा तथा स्नान गर्न तीर्थयात्रामा गएका बुढा फर्किने क्रममा बिरामी परेका थिए। बिरामी अवस्थामै ठूलीभेरी नगरपालिका–६ तामाचौर आइपुग्दा उनको मृत्यु भएको आफन्त जुना बुढाले बताइन ।
स्थानीय स्रोतका अनुसार लालबहादुर बुढा आफैं सोही कुलदेवताको धामीसमेत रहेका थिए। तीर्थयात्राबाट फर्किने क्रममा अचानक स्वास्थ्य बिग्रिएपछि उनको निधन भएको जनाइएको छ।

डोल्पा न्यूज । २२ श्रावण २०८२, बिहीबार १०:०५