डाेल्पान्युज डेक्स
बाँके भदौ ८ । हरितालिका तिजको अवसरमा दोस्रो बैजनाथ बृहत् तिज महोत्सव आगामी भदौ १० गते बैजनाथ–६ स्थित लालपुर खेलमैदानमा आयोजना हुने भएको छ।
बैजनाथ राष्ट्रिय दैनिकको आयोजना तथा न्यू हरियाली सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा हुने महोत्सवबारे सामुदायिक वनका अध्यक्ष रामकुमार रानाले जानकारी दिए । स्थानीय व्यवसायी, युवा संघ–संस्था र सामाजिक संघ–संगठनहरूको सहयोगमा महोत्सव संचालन गरिनेछ।
महोत्सवमा स्थानीय महिलालाई नाचगान र मनोरञ्जनात्मक कार्यक्रमहरूमा सहभागी गराइनेछ। बैजनाथकै गर्वको सम्पदा मानसरोवर बोटानिकल गार्डनको प्रचार–प्रसार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजक तथा बैजनाथ राष्ट्रिय दैनिकका प्रकाशक कुशल दलामीले बताए।
तिज पर्व महिलाले पतिको दीर्घायु र परिवारको सुख–शान्तिका लागि व्रत बसेर मनाउने गर्छन्। दर खाने, नाचगान गर्ने र सामूहिक भेटघाटमार्फत महिला एकताको सन्देश दिने यो पर्वलाई महोत्सवले सांस्कृतिक एवं सामाजिक उत्सवका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

डोल्पा न्यूज । ८ भाद्र २०८२, आईतवार २२:४६