ताजा समाचार

नेपाल राष्ट्रिय शिक्षक संगठनका पुर्व अध्यक्ष विष्णुलाल  बुढा  सम्मानित 

विष्णुप्रसाद देवकोटा

डाेल्पा,मङ्सिर ३० गते ।नेपाल राष्ट्रिय शिक्षक संगठन डाेल्पाका पुर्व अध्यक्ष विष्णुलाल बुढा सम्मानित हुनु भएकाे छ ।

लामाे समय शिक्षण पेशामा कार्यरत भई हालै स्वच्छिक अवकाश( सेवानिबृत्त) हुनु भएका बुढा २०६३ देखि तीन  कार्यकाल जिल्ला अध्यक्ष हुनु भएकाे थियाे ।

तीन कार्यकालकाे अवधिभर संगठनकाे विकास विस्तार र शिक्षकहरुकाे पेशागत सुरक्षा संवर्धनमा अतुलनीय याेगदानकाे उच्च मुल्यांकन गर्दै संगठनकाे  छैठौं पुर्ण बैठक तथा कार्यशालाकाे अवसरमा बुढालाई सम्मान गरिएकाे हाे ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कर्णाली प्रदेश कार्य समितिका काेषाध्यक्ष यामप्रसाद गाैतम र संगठनका जिल्ला अध्यक्ष तुलबहादुर विष्टले दाेसल्ला ओढाएर प्रमाणपत्रका साथ अविर टीका लगाएर सम्मान गर्नु भएकाे थियाे ।

सम्मानित ब्यक्तित्व बुढा डाेल्पाे क्याम्पस डाेल्पाकाे क्याम्पस प्रमुख समेत हुनु हुन्छ ।

ध्रुवतारा आबि दुनैमा प्रावि तहमा कार्यरत बुढाले २०८१ कात्तिक ४ गते शिक्षण पेशावाट अनिवार्य  स्वच्छिक अवकाश लिनु भएकाे हाे ।

सम्मान कार्यक्रममा बाेल्दै सम्मानित बुढाले यसप्रकारकाे कार्यक्रमले संगठनमा लाग्न र संगठनमा केही राम्राे काम गरे पछिल्लाे पुस्तालाई सहज हुने उल्लेख गर्दै सम्मानले आफुलाई सदैब संगठन प्रतिकाे माेह बढ्नुका साथै अझै केही गरम भन्ने साेचकाे विकास हुनेमा मद्दत पुग्ने बताउनु भयाे ।

संगठनकाे छैठौं पुर्ण बैठकले नेपाल राष्ट्रिय शिक्षक संगठनकाे स्थानीय तहकाे अधिबेशन १५ पुस ०८१ मा र जिल्ला अधिबेशन १६ फागुन  २०८१ भित्रमा त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकाेट बगरमा सम्पन्न गर्ने निर्णय गरेकाे छ ।

त्यसैगरी जनप्रभा माबि लिकुमा नेपाली विषयगत शिक्षककाे रुपमा कार्यरत भई स्वच्छिक अवकाश हुनुभएका लक्ष्मीप्रसाद पाैडेलकाे २६  मङ्सिर २०८१ मा भएकाे असामयिक निधन प्रति शाेक प्रस्ताव पारित गर्ने निर्णय समेत बैठकले गरेकाे नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष तुलबहादुर विष्टले जानकारी दिनु भयाे ।

अध्यक्ष विष्टकाे अध्यक्षतामा भएकाे सम्मान कार्यक्रममा विभिन्न स्थानीय तहमा रहेका शिक्षकहरुकाे उपस्थिति रहेकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!