ताजा समाचार

क्याम्पसकाे क्याम्पस सभा उद्घाटन,दक्ष जनशक्ति राख्न सराेकारवालाकाे आग्रह 

ठुलीभेरी नगरपालिका वडा नं. ३डाेल्पा दुनै बजारमा रहेकाे डाेल्पाे क्याम्पसकाे क्याम्पस सभा उद्घाटन सत्र सम्पन्न भएकाे छ।   क्याम्पस संचालक समितिका अध्यक्ष याेगेन्द्र बहादुर शाहीकाे अध्यक्षता जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्यामबहादुर राेकायाकाे प्रमुख आतिथ्यतामा विभिन्न व्यक्तिहरुकाे उपस्थितिमा  क्याम्पस सभाकाे उद्घाटन सत्र सम्पन्न भएकाे हाे।

गत पुस महिनामा किर्ते सभा गरिएकाे भन्दै सभाकाे माइनाेट बाहिरिएपछि डाेल्पाे क्याम्पस विवादमा आएकाे थियाे। विवादकाे क्रममा संचालक समितिले क्याम्पस प्रमुखलाई किर्ते गरेकाे आराेप लगाउने गरेका थिए भने क्याम्पस प्रमुखले आफू किर्ते सभामा संलग्न नरहेकाे जवाफ दिदै आएका थिए ।

नागरिक समाज डाेल्पाका प्रतिनिधि ओमेन्द्र केसी, सरस्वती माध्यमिक बिधालय दुनैका प्रधानाध्यापक सत्यनारायण सिंह, गैरसरकारी महासंघ डाेल्पाका अध्यक्ष  रण बहादुर कार्की लगाएतले संचालक समिति स्पष्ट भएर काम गर्न आग्रह गरेका थिए।

यस्तै नेकपा माओवादी केन्द्रका प्रतिनिधि बिरमल भण्डारी, नेकपा एमाले डाेल्पाका पार्टी सचिव लंंक बहादुर राेकाया र नेपाली कांग्रेस डाेल्पाका पार्टी सचिव हिक्मत बहादुर शाहीले संचालक समिति छनाैट गर्दा राजनितीकरण नगर्न आग्रह गरेका थिए।

शैक्षिक संस्थामा दक्ष जनशक्ति राख्न उनिहरुले आग्रह गरेका थिए ।

डाेल्पाे क्याम्पसकाे किर्ते काण्ड लगाएत अन्य आन्तरिक विवादकाे विषयमा छानबिनकै क्रममा रहेकाे र थप अध्ययन अनुसन्धानकाे लागि फाइल अगाडि बढाईएकाे डाेल्पाका सहायक प्रमुख जिल्ला अधिकारी दामाेदर ज्ञवालीले बताए । हिजाेका दिन भन्दा पनि आगामी दिनमा कसरी सुधार गर्दै जाने भन्ने विषयमा छलफल गर्न सहायक प्रजिअ ज्ञवालीले आग्रह गरेका छन ।

जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्यामबहादुर राेकायाले डाेल्पाे क्याम्पसका पछिल्ला घटना क्रमलाई लिएर असन्तुष्टि जनाएका छन। किर्ते प्रकरण घटनामा गुपचुप गर्नु, विवादित क्याम्पस प्रमुखकाे राजिनामा स्वीकृत गर्नु,क्याम्पस संचालक र क्याम्पस प्रशासनले गतिविधिका बारेमा जिल्ला समन्वयलाई जानकारी नगराउनु जस्ता गतिविधि मन नपरेको प्रमुख राेकायाले बताए ।

गत पुसमा बाहिरिएको किर्ते  क्याम्पस सभा मा आफू संलग्न नरहेको संचालक समितिका अध्यक्ष याेगेन्द्र बहादुर शाहीले बताए । सभामा सहभागीलाई याे किर्ते काम बारे आफू जानकार नरहेकाे र निर्देशन पनि नदिएकाे उनले बताए ।

विविध कारणले क्याम्पस सभा गर्न नसकेको स्वीकार गर्दै क्याम्पस स्थापना देखि हाल सम्मकै मेहेनताले क्याम्पस बीस बर्षे जवान अवस्थामा आएकाे उनले बताए ।

किर्ते काण्डमा विवादित वनेका डाेल्पाे क्याम्पस प्रमुख धनन्जय सुवेदीले यहि चैत १ गते देखि लागुहुने गरि राजिनामा दिएकाे र राजिनामा संचालक समितिले स्वीकृति गरिसकेको समितिले जनाएको छ।

क्याम्पस प्रमुख सुवेदीले राजिनामा दिदा क्याम्पस लेखापाल निमित्त प्रमुखकाे जिम्मेवारी समालेकी सवनम केसीले प्रतिवेदन प्रस्तुत गरेकी थिईन ।

क्याम्पस सभा सम्म नबसेर अगाडि नै क्याम्पस प्रमुखकाे राजिनामा हुनु अनि समितिले स्वीकृति गर्नु संकाकाे बिषय रहेकाे सहभागीहरुले गुनासो गरेका थिए।क्याम्पस प्रमुख धनन्जय सुवेदीले समितिलाई बुझाएको स्पस्टिकरणमा आफू किर्ते सभामा संलग्न नरहेको उल्लेख गरेका छन ।

बि.सं. २०६१ सालमा स्थापना भएकाे डाेल्पाे क्याम्पस अझै आंगिक हुन सकेको छैन ।पछिल्लो समय हरेक बिषयमा विवादित हुने गरेकाे छ। हाल डाेल्पाे क्याम्पस प्रमुख विहिन छ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!