ताजा समाचार

कर्णालीकाे माध्यमबाट देश चिनाउन कनेक्टिङ कर्णाली अभियान: थापा

डाेल्पान्युज डेक्स

कर्णाली   चिनाउने उद्देश्यले काठमाडौंको नयाँ बानेश्वरमा ‘कनेक्टिङ कर्णाली अभियान सुरू भएको छ।

मनघरी फाउण्डेशनको अगुवाइमा सुरू भएको अभियान १० महिना सम्म जारी रहने छ ।

आयोजक एवं ‘कनेक्टिङ कर्णाली’का कल्पनाकार भरतबन्धु थापाका अनुसार कर्णालीमा १० जिल्लालाई चिनाउने लक्ष्यका साथ  १० महिनासम्म अभियान चल्ने छ ।

खस कला, संस्कृति र सम्पदाको खानीको रुपमा रहेको कर्णालीकाे दैलेखबाट याे अभियान सुरुआत गरिएकेा थियाे ।

कर्णाली चिनाउने अभियान अन्तर्गत साउन महिना भर डेाल्पा जिल्लाका ३० वटा फोटो तथा ५ वटा भिडिओको प्रदर्शनीमा हुने छ।

याे अभियानकाे अवसरमा कर्णालीको उत्पादनसँग सम्बन्धित मार्सी चामल, सिमी, कोदो, फापरको पिठो, कपडा,राउटे समुदायबाट उत्पादित सामग्रीहरूलाई समेत प्रदर्शनीमा राखिने छ।

भिडिओहरूमा डेाल्पाकेा संस्कृति, सम्पदा, प्रकृति, यार्सा सम्बन्धित भिडिओहरू राखिएको छ।

प्राकृतिक सांस्कृतिक सम्पदाले भरिपूर्ण भएर पनि प्रचार प्रसारकाे अभावमा पछाडि परेकाे कर्णालीलाई शक्द दृश्य र चित्र उत्पादनकाे माध्यमवाट विश्वसामु परिचित गराई पर्यापर्यटन विकासमा सहयाेग पुग्ने अपेक्षा गरिएकाे छ ।

कनेक्टिङ कर्णाली’ अभियानका कल्पनाकार भरतबन्धु थापाले २६ साउन २०८१ देखि  कर्णालीलाई अवलाेकन गर्न  उमाेजा कफि एण्ड वि सेन्टर, नयाँबानेश्वर, काठमाडौं सहभागी भई कर्णालीकाे माध्यमबाट देश चिन्न आग्रह समेत गर्नु भएकाे छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!