प्रधानमन्त्री पुषपकमल दाहाल (प्रचण्ड )काे निर्देशन पछि कर्णाली माओवादीमा संकट थपिएकाे छ ।कर्णाली माओवादी पार्टी यत्तिखेर मुख्यमन्त्री पदलाई लिएर फुटकाे संघारमा पुग्ने त हाेइन भन्ने आशंका सृजित भएकाे छ ।
काेशी काँग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा मुख्यमन्त्री बनेका केदार कार्कीको नियतिमा पुगेका छन् कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा ।
कांग्रेसमा केन्द्रको निर्देशन विपरीत कार्की मुख्यमन्त्री बनेका थिए। त्यसपछि पार्टी भित्रको गुटगत व्यवस्थापन गर्न भन्दै पछि कार्कीलाई नै मुख्यमन्त्री सदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबिच‘ चिर्कटो ’सहमति भएको थियो। अहिले यो नियतिमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुगेका छन् ।
प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्गलवार बेलुका कर्णाली सरकारको नेतृत्व एमालेलाई छोडेर आवश्यक सहयोग गर्न माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र मुख्यमन्त्री राजकुमार शर्मालाई निर्देशन दिएका थिए ।
तर मुख्यमन्त्री शर्माले ‘केन्द्रको निर्णय ढिला आएको र संवैधानिक प्रक्रिया अनुसार अगाडि बढिसकेकाले निर्णय कार्यान्वयन गर्न नसकिने’ जवाफ दिएर प्रचण्डलाई झड्का दिएका छन् । ।
यी हरफ तयार पार्दा सम्म मुख्यमन्त्री शर्माले मंगलबारको प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।
केन्द्रमा सत्ता समीकरणमा फेरबदल आएपछि २२ फागुनमा तत्कालीन सत्ता साझेदार कांग्रेसले मुख्यमन्त्री शर्मालाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
सोही अनुसार प्रदेश सभाबाट विश्वासको मत लिने गरी आइतबार संसद् सचिवालयलाई पत्र समेत पठाएका थिए । संसद् सचिवालयले मङ्गलवार दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठक बोलाएको छ ।
केन्द्रीय निर्णय अनुसार राजीनामा दिनुपर्ने मुख्यमन्त्री शर्माले राजीनामा नदिएर प्रदेश सभाको कार्यसूची अनुसार नै विश्वासको मत लिने तयारी गरेका छन् ।
केन्द्रको निर्णय अनुसार अघि बढ्ने नै भए पनि विश्वासको मत लिइसकेपछि मात्रै अघि बढ्ने भन्दै मुख्यमन्त्रीले केन्द्रलाई जवाफ फर्काएका छन् ।
प्रदेशमा नेताहरूको विचार प्रस्ट छ– ‘पार्टी अध्यक्ष प्रचण्डको निर्देशन कार्यान्वयन गर्न सकिँदैन ।’
पछिल्लो समय माओवादीभित्र अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबिच दुरी बढ्दै गएको र कर्णालीबाट शर्माले प्रचण्डलाई नै चुनौती
नेतृत्व गरिरहेको कर्णालीमा एमालेले मुख्यमन्त्री दाबी गरेपछि माओवादीभित्रै मतभेद बढेको छ ।
गत बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकमा उपमहासचिव जनार्दन शर्माले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेलाई नछाड्न प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डलाई दबाब दिएका थिए ।
कर्णालीमा माओवादीको जनाधार बलियो भएको र बढी सिट पनि जितेकाले नेतृत्व छाड्न नहुने शर्माको तर्क थियो ।
जनार्दनको पकड रहेको कर्णालीमा उनकै अपेक्षा विपरीत आएको अध्यक्ष प्रचण्डको निर्देशन कार्यान्वयनमा नआउने नेताहरू बताउँछन् ।
अब मुख्यमन्त्री शर्मासामु राजीनामा दिने या प्रदेशसभा फेस गर्ने ? दुई वटा विकल्प छन् । मुख्यमन्त्री शर्माले प्रदेशसभा फेस गर्ने बताएका छन् । विश्वासको मत पाउँछन् या पाउँदैनन् भन्ने विषय नै अन्योलमा छ ।