विष्णुप्रसाद देवकोटा
डाेल्पा,मङ्सिर १६ गते ।डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका -५ ल्हाँकाे मतगणना भाेलि ( साेमवार) विहान ९ बजेवाट शुरु हुने भएकाे छ ।
जिल्ला निर्वाचन कार्यालय प्रमुख श्यामकुमार राईका अनुसार नियमित बिजुली बत्तीकोकाे अभावका कारण भाेलि विहान ८ बजे सर्वदलीय बैठक बसेर ९ बजेवाट सुरु गर्ने सहमति अनुसार भाेलि विहानवाट मतगणना हुने भएकाे हाे ।
डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५ मा पर्ने ल्हाँमा वडाअध्यक्ष पदकाे अपरान्ह ४ बजे सम्म सम्पन्न भएकाे मतदानमा ८५ प्रतिसत मत खसेकाे छ ।
जिल्ला निर्वाचन प्रमुख श्याम राईका अनुसार कुल मतदाता संख्या ३ सय ५३ रहेकाे ल्हाँमा १५८ महिला र १४५ पुरुष गरि ३ सय ३जना मतदाता मतदानमा सहभागी भएका थिए ।
वडा अध्यक्ष पदकालागि सुरु भएको मतदानमा नेकपा माओवादी केन्द्रबाट नरबहादुर झाँक्रिा,नेपाली काँग्रेसबाट राजेन्द्र प्रसाद न्यौपाने र नेकपा एमालेबाट नरबहादुर रोकाय प्रतिस्पर्धामा हुनु हुन्छ ।