विष्णुप्रसाद देवकोटा
डाेल्पा,माघ १६ गते ।
मुड्केचुला गाउँपालिकामा एकघरमा आगलागी हुंदा एक बृद्धकाे मृत्यु हुनुका साथै दुईतले घर पुर्णरुपमा ध्वस्त भएकाे छ ।
वडा नम्बर -४ ईल स्थित गाउँमा रहेकाे बादी कामीकाे घरमा विहान ९ बजेकाे समयमा आगलागी हुंदा ७५ वर्षीय बृद्द बादी सार्कीकाे सुतेकाे अवस्थामा जलन भएर मृत्यु भएकाे वडानम्बर ४ का वडाअध्यक्ष कृति बहादुर बुढाले जानकारी दिनु भयाे ।
वडाअध्यक्ष बुढाका अनुसार बृद्धअवस्थाका ७५ बर्षीय बादी कामी अस्वस्थता कारण घरभित्र अगेना नजिक सुतिरहेकाे अवस्थामा ओढेकाे बल्ङकेट चुलाेमा परेर जल्दा आगलागी भएकाे बताइएको छ ।
आगलागीबाट दुईतले माटाे ढुङ्गा र काठले बनेकाे घर जलेर पुर्णरुपमा ध्वस्त भएकाे छ ।मृतक कामीका ज्वाइँ र छाेरी काम विशेषले खेतवारीमा गएकाे अवस्थामा घर आगलागी भएकाे थियाे ।आगलागी पछि ईल स्थित प्रहरी चाैकीका सुरक्षाकर्मी स्थानीय लागेर गाेठमा भएका पशुचाैयाकाे सकुशल उद्दार गरिएकाे थियाे ।
वडाअध्यक्ष बुढाका अनुसार आगलागीबाट के कति क्षति भयाे भन्ने कुराकाे मुल्यांकन मुचुल्का भइरहेकाे छ ।आगलागी खवरपछि जिल्ला प्रहरी कार्यालयबाट समेत अनुसन्धान टाेलि घटनास्थल तर्फ आउन लागेकाे समेत वडाअध्यक्ष बुढाले बताउनु भयाे ।