प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजनाका परियाेजना निर्देशक बैकुण्ठ अधिकारीले ब्यावसायिक स्याउकाे उत्पादकत्व बढाउनु पर्ने बताउनु भएकाे छ ।
परियाेजना मार्फत डाेल्पामा संचालित परियाेजना कार्यान्वयन एकाई डाेल्पा अनुगमन तथा स्याउ जाेन क्षेत्रकाे स्थलगत अवलोकन र भ्रमणकाे लागि डाेल्पा पुग्नुभएका निर्देशक अधिकारीले डाेल्पाका सराेकारवाला र ब्यवसायिक स्याउ खेती कृषकहरुसंगकाे अन्तरक्रियामा उक्त कुरा बताउनु भएकाे हाे ।
स्याउ गुणस्तर उत्पादनकाे लागि बगैंचा व्यवस्थापनमा जाेडदिन सुझाव समेत उहाँले दिनु भयाे ।
हिमाली जिल्ला डाेल्पामा परियाेजना कार्यान्वयन इकाई कार्यालय डाेल्पाका कार्यक्रमहरु प्रभावकारी रुपमा सफलरुपले कार्यान्वयन भएकाे पाइएकाे पनि निर्देशक अधिकारीले बताउनु भयाे ।
स्याउ खेतीका कृषकहरुलाई प्राविधिक क्षमता अभिबृद्दि कार्यक्रमकाे कार्यान्वयनमा जाेड स्याउ फारमहरुकाे घेरेवार तथा गरा सुधार कार्यक्रमकाे कार्यान्वयन लगायतका विषयमा कृषक सराेकारवालले निर्शेक अधिकारीकाे ध्यानाकर्षण गराएका थिए ।
यसैगरी स्याउकाे क्षेत्र विस्तार र आगामी दिनहरुमा समेत स्याउ ब्यावसायिक खेतीकाे लागि थप सुदृढ र प्रभावकारी कृषकमैत्री कार्यक्रम ल्याउन माग गरिएकाे छ ।
डाेल्पा भ्रमणकाे क्रममा ठूलिभेरीनगरपालिका- ७,८ र ९ वडाका स्याउ कृषक र त्रिपुरासुन्दरी नगरपालिका-४ का स्याउ कृषकहरुले गरिएकाे स्याउ खेती अवलाेकनकासंगै कृषकहरुसंग अन्तरक्रिया गरिएकाे थियाे ।
परियाेजना कार्यान्वयनकाे क्रममा देखिएका समस्या समाधानका उपाय परियाेजना मार्फत संचालित कार्यक्रमकाे प्रभावकारीता र आगामी बर्षमा के कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा परियाेजना कार्यान्वयन इकाई कार्यालय प्रमुख गाेविन्द बहादुर मल्ल सहितका कार्यालय कर्मचारी र जिल्ला समन्वय प्रमुख श्यामबहादुर राेकाया समेतसंग छलफल गरिएकाे परियाेजना कार्यान्वयन इकाई कार्यालयका प्रमुख मल्ले जानकारी दिनु भयाे ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजनाका निर्देशक अधिकारी बरिस्ठ कृषि अधिकृत लक्ष्यबहादुर चाैधरी र फाेटाेग्राफर अनुप पाैडेल सहितकाे तीन सदस्यीय टाेली स्थलगत अनुगमनकाे लागि डाेल्पा पुगेकाे हाे ।