ताजा समाचार

डाेल्पाकाे खदाङमा समुदायमा सरकारी वकिल सम्वाद कार्यक्रम 

समुदायमा कानुनी सचेतना अभिबृद्दि गर्ने उद्देश्यले जिल्ला सरकारी वकिल कार्यालयले सम्वाद कार्यक्रम संचालनमा जाेड दिदै आएकाे छ

यसैक्रममा जिल्लाको प्रवेशद्वारको रुपमा रहेको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५ खदाङमा जिल्ला सरकारी वकिल कार्यालय डोल्पाको आयोजनामा “समुदायमा सरकारी वकिल” विषयक सम्बाद कार्यक्रम गरिएकाे हाे ।

सरकारी वकिल कार्यालय डाेल्पाका प्रमुख गाेबिन्द बहादुर शाहीले समुदायमा कानुनी ब्यवस्था यसकाे उपयाेग र सरकारी वकिल कार्यालयवाट सर्वसाधारणलाई दिइने निशुल्क सेवा लगायतका विषयहरुमा जानकारी गराएका थिए ।

समुदायमा सरकारी वकिल बिषयक कार्यक्रम प्रभावकारी भएकाे र यसले समुदायमा सचेतनाकाे काम गरेकाे पाइएकाेले सर्वपक्षीय सर्वदलीय किसिमकाे सहभागिता रहने गरि कार्यक्रमलाई अझै विस्तार गरि लैजानु पर्ने सरकारी वकिल कार्यालयका कम्प्युटर अपरेटर राजन याेगीकाे भनाई छ ।कार्यक्रममा  खदाङस्थित विभिन्न क्षेत्रका झण्डै  ७० जना भन्दा बढी सहभागीता रहेकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!