डोल्पाली जनताको मुख्य लाईफ लाईनको रुपमा हेरिएको भेरी करिडोरको जाजरकोटकाे तल्लुबगर देखि डाेल्पाकाे त्रिपुराकोट सडक खण्डमा डबल लेनको कालोपत्रे सहितकाे स्तरउन्नतीकाे काम अगाडि बढ्ने भएकाे छ ।
तल्लुबगरदेखि डाेल्पाकाे त्रिपुराकाेट सडक खण्डकाे ४२ किलोमिटर सडक कालाेपत्रे सहितकाे स्तरउन्नती गर्न ४ अर्ब २० करोड बजेट अर्थमन्त्रालयले स्वीकृत गरेसंगै निर्माण कार्य अगाडि बढ्ने भएकाे हाे।
संघीय सरकार भौतिक पूर्वाधार मन्त्रलालय अन्तरगत यस चालु आर्थिक बर्षबाट काम सुरु हुने गरि अर्थ मन्त्रालयले बजेट स्रोत सहमती प्रदान गरेको पूर्व शहरी विकास मन्त्री धनबहादुर बुढाले बताउनु भयाे।
भेरी करिडोरमा पर्ने तल्लुबगर देखि त्रिपुराकोट सम्म ४२ किलोमिटर सडक डबल लेनको स्तरउन्नती सहित कालो पत्रे गर्नको लागि रु ४ अर्ब २० करोड रुपैयाँ बराबरको बजेट अर्थ मन्त्रालयले स्रोत सहमती दिएको र त्रिपुराकोट देखि सदरमुकाम दुनै सम्म आइइएको काम नसकिएको हुदा अर्को बर्ष बजेट व्यवस्थापन हुने प्रतिनिधि सभा सदस्य तथा निवर्तमान शहरी विकास मन्त्री धन बहादुर बुढाकाे भनाई छ ।
भेरी करिडोरमा बजेट स्रोत सहमतीको लागि सकरात्मक सहयोग गर्ने प्रधानमन्त्री, अर्थ मन्त्री, भौतिक पूर्वाधार मन्त्री लगाएत विभिन्न राजनितिक दलका नेताहरुलाई डोल्पाली जनता र व्यक्तीगत तर्फबाट खुसी व्यक्त गर्दै सांसद बुढाले धन्यवाद ज्ञापन समेत गर्नु भएकाे छ ।भेरी करिडोरले पुर्णता पायाे भने डाेल्पा लाई मात्र नभइ देशकै अर्थतन्त्रमा महत्त्वपूर्ण टेवा पुग्ने छ ।
भेरी करिडोरमा पर्ने लासिक्याप देखि सिसोल सम्मको सडक खण्ड नेपाली सेनाद्धारा निर्माण कार्य गर्नको लागि सम्पुर्ण प्रक्रिया पुरा भई मन्त्री परिषद्को क्याविनेटको बैठकले पारित गर्न बाकीँ रहेको अवस्थामा छ ।यस्तैगरि रुकुम जाजरकोट र डाेल्पाकाे त्रिसांध त्रिवेणी देखि मुड्केचुला जगदुल्ला जाेड्ने सडक खण्डकाे पनि निर्माण कार्य तीव्र रुपमा अगाडि बढेकाे छ ।जगदुल्ला हाईड्रोपावर निर्माणकाे गतिलाई तीव्रता दिने कार्यमा सडकले प्रमुख भूमिका खेल्ने भएकाले विभिन्न निकायमा आवश्यक समन्वय गरिरहेको पनि सांसद बुढाले बताउनु भयाे ।