ताजा समाचार

बिधार्थीद्वारा अरनिकाे मा.बि.काइकेमा अखिल(क्रान्तिकारी)विघटनकाे घाेषणा

हिमाली जिल्ला काईके गाउँपालिका वडा नं. २ शहरतारा बगरमा रहेकाे अरनिको माध्यामिक बिधालयका बिधार्थीहरुले संयुक्त रुपमा अखिल (क्रान्तिकारी) विधार्थी संगठन विघटन गरेकाे घाेषणा गरेका छन । यहि असाेज ९ गते नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विधार्थी नेता डाेल्पाेबुद्व र छार्काताङसाेङमा पत्ता लागेकाे नयाँ ताल अवलोकन गरेर फर्किने क्रममा अरनिको मा.बि शहरतारा बगरमा पसेर जानकारी गराउने उदेश्यले बिधार्थीहरु हलमा जम्मा गरि बिधार्थीकाे हकहितकाे काे लागि संगठन विस्तार गर्नुपर्छ भन्दै सुनियोजित तरिकाले  अखिल क्रान्तिकारी संगठन गठन भएकाे भनी सामाजिक सञ्जालमा गलत प्रचारप्रसार गरेकाे भन्दै संयुक्त रुपमा बिज्ञेप्ति मार्फत आपत्ति जनाएका छन । विज्ञप्तिमा भनिएकाे छ, हामी बिधार्थी भनेकाे पढ्ने काम हाे । हामी कुनै पनि पार्टीको संघ संगठनमा लाग्ने हाेईन । त्यसैले सुनियोजित तरिकाले गठन गरेकाे ५१ सदस्यीय समिति विघटन गरिएको गरिएको विज्ञप्तिमा उल्लेख गरेका छन ।

यहि असाेज ९ गते अखिल (क्रान्तिकारी) ले अरनिको माबि शहरतारा बगरमा गणेश राेकायाकाे अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेकाे घाेषणा गरेकाे थियाे ।प्राबिधिक तथा साधारण धार तर्फकाे गरेर कक्षा १२ सम्म अध्ययन अध्यापन हुने अरनिको माबि काईके गाउँपालिकाकाे एक मात्र माबि हाे । हाल सम्म गाउँपालिका भित्रका कुनै पनि बिधालयमा राजनितीक संगठनमा आबद्व संघ संगठन गठन नभएकाेले राजनितीक हस्तक्षेप विहिन विधालय बनाउने लक्ष्य रहेकाे अरनिको माबि का प्रधानाध्यापक तथा काईके गा.पा निमित्त शिक्षा शाखा प्रमुख गाेविन्द घर्तीले बताए । घर्तीले भने, साथीहरूले विधार्थी संगठन गठन गरेकाे समाजिक सञ्जालमा देखियो तर हामीले बिधालयमा राजनितीक गतिविधि नगर्ने सुद्व पठनपाठन मात्र गर्ने उदेश्य लिएका छाै ।यता अखिल क्रान्तिकारी डाेल्पाका अध्यक्ष हेमन्त राेकायाका अनुसार सबै कुरा स्पस्ट बताएर अरनिको मा.बि शहरतारामा विधर्थी संगठन गठन गरेकाे दाबी गरेका छन ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!