ताजा समाचार

भूकम्प प्रभावितलाई डोल्पा ठूलिभेरी नगरको ५ लाख सहगोग

डोल्पा,कार्तिक १९ गते ।भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुम पश्चिममा डोल्पाको ठूलिभेरी नगरपालिकाले नगद ५ लाखरुपियां सहित स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कार्यापालिका बैठक बसेको बेला अनुमोदन गर्ने गरि नगद ५लाख र स्वास्थ्य सामाग्री नगरप्रमुख श्ववर्ण बुढाको निर्देशनमा भूकम्प प्रभावित क्षेत्रमा पठाइएको ठूलिभेरी नगरप्रमुखका स्वकीय सचिव रेखामान बुढाले जानकारी दिनु भयो ।उहाँका अनुसार नगरप्रमुख बुढा भूकम्प प्रभावित दुई जिल्लामा स्थलगत उद्दारमा समेत सहभागि हुनु भएको छ ।भूकम्पले धेरै क्षेती पुर्याएको दुई जिल्लाका लागि पालिकाकाको विपद् कोषबाट ५ लाख रुपियाँ जाजरकोट र रुुकमपश्चिमलाई हुने गरी बजेट तथा स्वास्थ्य सामाग्री पठाएको ठूलिभेरीनगरपालिका जुफालले जनाएको छ ।यस्तो विपत परेको बेला हरेक स्थानीय तहका जनप्रतिनिधिले आआफ्नो तर्फबाट सके सम्मको हातेमालो गरेर क्षेतीग्रस्त क्षेत्रका पीडित नागरिकलाई सान्त्वना दिन आवश्यक रहेको नगरप्रमुख श्ववर्ण बुढाले बताउनु भयो ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!