डोल्पा: यार्सा सङ्कलनको लागि डाेल्पाको पाटन गएका जुम्ला गुठिचाैर गाउँपालिका – १ मणिगाउँका ३५ वर्षीय भिमबहादुर बाेहाेराकाे लेक लागेर मृत्यु भएको छ।
बाेहाेराकाे ७ गते घरबाट यार्सागुम्बा खोज्न डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका- १ स्थित हे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज अन्तर्गतकाे जगदुल्ला मध्यवर्ती पाटन लेक लागेर मृत्यु भएको गुठिचौर अस्थायी प्रहरी चाैकी चाेत्राका प्रहरी निरिक्षक राेहित रसाइलीले जानकारी दिए ।
बाेहाेरालाई दिउसो २ बजे लेक लागेकाे थियाे ।साथीहरूले उपचारका लागि घर ल्याउने क्रममा बिच बाटाेमै बाेहाेराकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ।

डोल्पा न्यूज । ८ जेष्ठ २०८२, बिहीबार ०७:३६