ताजा समाचार

डोल्पा जिल्ला अदालतका ४ जना कर्मचारी पुरस्कृत

लेख बुढा,

डोल्पा । जिल्ला अदालत डोल्पाले कार्यालयमा कार्यरत चार जना कर्मचारीलाई पुरस्कृत गरेको छ । आ.ब. २०८०÷८१ मा कार्यालयको नीति नियम भित्र रही कामकाज गरेको भन्दै चार जनालाई जनही एक हजार पाँच सय रुपैया र प्रमाणपत्र सहित पुरस्कृत गरेकाे हाे।

जिल्ला अदालत डोल्पामा कार्यरत नायब सुब्बा शिवराज शाही, कम्प्यूटर अप्रेटर दिपेश चौधरी, डिठ्ठा लावण्यवती रेग्मी र कार्यालय सहयोगी लोकेन्द्र रोकाया पुरस्कृत हुनु भएकाे हाे ।

जिल्ला अदालत डोल्पाका न्यायधीश भोलानाथ ढकालले पुरस्कृत सवैलाई थप प्रगती सहित कार्यसफलताको शुभकामना दिदै सम्मान  पत्र र पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

कार्यालयको कामकाजमा सवै कार्मचारीको उत्तीकै भुमिका रहेको हुदा आगामी दिनमा अन्य सवैलाई काम अनुसारको सम्मान गरिने पनि न्याधीस ढकालले बताउनु भयो ।

निजामती क्षेत्रमा प्रवेश गरेदेखी पहिलो पटक पुरस्कृत भएको हुदा थप जिम्मेवारी बोध भएको महसुस गरेको पुरस्कृत नायब सुब्बा शिवराज शाहीले बताउनुभयो । आगामी दिनमा पत्रि न्यायको मन्दीर भित्र सवै संग समन्वय गरि नागरिकको सेवा गर्ने नायब सुब्बा शाहीले बताउनुभयो ।

जिल्ला अदालत डोल्पाको बार्षिक कार्यसम्पादन प्रगति सार्वजनिक 

जिल्ला अदालत डोल्पाले  आ.ब. २०८०÷८१ मा भएका कामकार्य प्रगतिकाे विवरण सार्वजनिक गरेकाे छ ।

जिल्ला न्यायाधीश भोलानाथ ढकालको संयोजकत्वमा भएकाे कार्यक्रममा जिल्ला अदालत डोल्पाका निमित्त श्रेस्तेदार हरिगोपाल ज्ञवालीले जिल्ला अदालत डोल्पाबाट आ.ब. २०८०÷८१ भएका कामकार्य प्रगति विवरण सार्वजनिक गर्नुभएको थियो ।

जिल्ला अदालत डोल्पामा आ.ब. २०८०÷८१ को असार मसान्त सम्म अघिल्लो बर्षबाट जिम्मेवारी सरी आएका जम्मा ३४ थान मुद्धा र नयाँ दर्ता ४७  थान मुद्धा गरि जम्मा ८१ थान मुद्धा दर्ता भएका थिए ।

यस आ.ब मा जम्माम ८१ थान मुद्धा मध्य ६२ थान मुद्धा फछयौंट भएको र १९ थान मुद्धा बाकीँ रहेको जिल्ला अदालत डोल्पाका निमित्त श्रेस्तेदार हरिगोपाल ज्ञवालीले जानकारी दिनुभयो । जिल्ला अदालत डोल्पाबाट  आ.ब. २०८०÷८१ मा कुल ७६.५४ प्रतिशत मुद्धा फछयौंट भएको श्रेस्तेदार ज्ञवालीले बताउनुभयो ।

डोल्पा जिल्ला अदालतबाट आ.ब. २०८०÷८१ मा दुनियावादी देवानी मुद्धामा अघिल्लो बर्षबाट जिम्मेवारी सरिआएको १८ थान, नयाँ तर्फ १५ थान गरि जम्मा ३३ थान मुद्धा दर्ता भएको मध्य २८ थान फछयौंट भएको र ५ थान मुद्धा बाकीँ रहेको छ ।

दुनियावादी फौजदारी मुद्धामा अघिल्लो बर्षबाट जिम्मेवारी सरिआएको ५ थान, नयाँ तर्फबाट १० थान गरि जम्मा १५ थान मुद्धा दर्ता भएको मध्य ९ थान मुद्धा फछयौंट भएको र ६ थान मुद्धा बाँकी रहेको छ ।

सरकारी फौजदारी तर्फ अघिल्लो बर्षबाट जिम्मेवारी सिरआएको ६ थान, नयाँ तर्फ २२ थान गरि जम्मा २८ थान मुद्धा दर्ता भएको मध्य २० थान फछयौंट भएको र ८ थान मुद्धा बाँकी रहेको छ ।  साथै पुनरावेदन तर्फ अघिल्लो बर्षबाट जिम्मेवारी सरिआएको ५ थानमा सवै फछयौंट भएको छ ।

यस्तै जिल्ला अदालत डोल्पा मार्फत थुनुवा मुद्धा संख्या जम्मा १२ वटा मध्य ५ वटा फछयौंट भएको बाँकी थुनुवा मुद्धा संख्या  ७ वटा रहेको छ ।

७ वटा थुनुवा  मुद्धा मध्य ४ वटा पुर्पपक्षका लागि, एक जना धरौटी राख्न नसकी हाल थुनामा रहेको र एक जना बालक बाल सुधार केन्द्रमा रहेको जिल्ला अदालत डोल्पाले जनाएको छ ।

मुलतवी मुद्धा तर्फ अघिल्लो बर्षबाट जिम्मेवारी सरिआएको ६ थान, नयाँ २ थान गरि जम्मा ८ थान मध्य सवै फैसला हुन बाँकी रहेको छ

मेलमिलापमा पठाईएको मुद्धाको संख्या ८ वटा मध्य २ वटा सफल भएको ५ वटा असफल भएको र एउटा छलफल हुन बाँकी रहेको जिल्ला अदालत डोल्पाले जनाएको छ ।

डोल्पाली जनता तथा सामान्य नागरिकले न्यायको अनुभुती हुनेगरि जिल्ला अदालतबाट सेवा प्रवाह भैरहेको जिल्ला अदालत डोल्पाका न्यायधीश भोलानाथ ढकालले बताउनुभयो ।

अदालत र नागरिक विच सम्बन्ध थप मुजबुद बनाउन समुदायमा अदालत लगाएतका जनचेतनामुलक कार्यक्रमहरु पनि संचालन गरेको न्यायधीश ढकालले बताउनु भयो । दुर्गम जिल्लामा न्यायधीश बस्दैनन भन्ने प्रथालाई तोड्दै जिल्ला अदालत डोल्पाबाट नियमीत रुपमा न्याय सम्पादनका कामकाज गर्दै आएको न्यायधीश ढकालले दाबी गर्नुभयो ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!