काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले गठबन्धन टुट्नु खुसीभन्दा पनि आर्सीवाद भएको बताएका छन् । कसैको आर्सीवादमा गठबन्धन टुटेको उनको संकेत थियो ।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चार कर्मीहरूसँग कुरा गर्दै उनले अब पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्ने भन्दै गठबन्धन टुट्नु आफ्नो लागि खुसीको कुरा भएको बताए । उनले काँग्रेस सधैँ एक्लै लड्नुपर्ने औँल्याए ।
उनले विगतमा मिलेर गरिएको काम गलत भएको भन्दै अब एक्लै लड्नुपर्ने बताए । उनले भने, ‘म बीपी कोइरालाको छोरा भएको हुनाले म भन्छु कुनै पार्टीसँग पनि हामी मिल्नु हुदैँन् ।
विगतमा जसरी मिलेका थियौँ त्यो गलत भयो हामी एक्लै लड्नुपर्छ । हामीले स्थापना गरेको कम्युनिष्ट पार्टी हो र हाम्रै मातहतमा आउँछन् ।’