पछिल्लाे समय जगदुल्ला गाउँपालिकाका महिला आमा समुहहरु बालविवाह विरुद्धको अभियानमा जुटेका छन । के कसरी बालविवाह र बालश्रम लगायतका हिंसा अन्तय गर्न सकिन्छ भनेर समुदायमा जनचेतनामूलक कार्यक्रममा जाेड दिने रणनीतिक ऐक्यबद्धतामा महिलाहरु जुट्न थालेका हुन ।
कलिलाे उमेरमा गरिने बालविवाहले बालवालिकामा पर्ने असर र बालश्रमले निम्त्याउने हिंसात्मक कार्यकाे राेकथाम गर्न जगदुल्लाका महिलाहरुले गाउँगाउँमा अभियानकाे रुपमा जनचेतनामूलक कार्यक्रम गरिरहेकाे महिला बालवालिका तथा जेष्ट नागरिक शाखा प्रमुख सविना बोहोराले जानकारी दिइन ।
पछिल्लो समय हरेक समुदायमा बालविवाह बढ्न थालेपछि कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बारे सचेतनामुलक सन्देश सहितको समुदायमा कार्यक्रम गर्न लागिएको बाेहाेराले बताइन ।
अभिभाबकलाइ नै अग्रसर गराई बालविवाह बालहिँसा र बालश्रम जस्ता गलत क्रियाकलापहरु रोक्न स्थानीय सरकार लागि परिरहेको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिँह रोकायाले बताउंछन । हाम्राे समाजमा बिकाससँगै बिनास र गलत क्रियाकलाप हुने गर्छननै तर स्थानीय सरकारले मात्रै नभएर सबै क्षेत्र र स्वयंम अभिभाबकले समेत आफ्ना बालवालिकालाई समयमै सचेत गराउन सके यस्ता गलत क्रियाकलापले प्रसय पाउन नसक्ने अध्यक्ष राेकायकाे भनाई छ ।
जनचेतनामूलक कार्यक्रमका साथ ६ वटा वडाका सबै बस्तिहरुमा नेपाल प्रहरीको सहायतामा बालविवाह बालअपराध र बालश्रम गरेमा हुने कानुनी दण्ड सजाय र कारवाही बारे पनि अभिभाबकलाइ प्रशिक्षण गरिएकाे जगदुल्ला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशबराज जैसिले बताए ।