डाेल्पा,पुस १ गते ।ठुलीभेरी नगरपालिका वडा नं. ७ कि ८ बर्षीया साजना शाही करेन्ट लागेर घाइते भएकी छन ।
खुल्ला ठाउँमा राखेको ट्रान्सर्फमरबाट करेन्ट लाग्दा उनी गम्भीर घाईते भएकी हुन ।
आईतवार दिउँसो करिब एक बजे तिर नमुना बिधालय भन्दा माथि दारी बिसाैन भन्ने स्थानमा प्राधिकरणले राखेकाे ट्रान्सर्फमरबाट करेन्ट लागेकाे बताईएकाे छ ।
ठुलीभेरी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मनराम ठकुल्लाले विधुत प्राधिकरणकाे गम्भीर लापरबाही भएकाे बताए । वडा अध्यक्ष ठकुल्लाकाे अनुसार घाइते बालिकालाइ उपचारको लागि तत्काल जिल्ला अस्पताल डाेल्पामा पुर्याईएकाे थियाे ।
जिल्ला अस्पताल डाेल्पाले घाइते बालिकालाई थप उपचारको लागि काठमाडौं रिफर गरेकाे वडा अध्यक्ष ठकुल्लाले बताए । प्राधिकरणले घाइते बालिकालाई क्षतिपूर्ति दिनु पर्ने वडा अध्यक्ष ठकुल्लाकाे भनाई छ ।