ताजा समाचार

काठमाण्डौं युरेका लियो क्लवले गर्याे डाेल्पाकाे हिमज्याेती आबिलाई डिजिटल प्रविधि सामाग्री सहयाेग

विद्यालयलाई प्रविधिमैत्री बनाई बालबालिकालाई डिजिटल प्रविधिकाे ज्ञान बढाउने उद्देश्यले  एक संस्थाले डाेल्पाकाे हिमज्याेती आबिलाई डिजिटल प्रविधिका सामाग्री सहयाेग गरेकाे छ ।

काठमाण्डौ युरेका क्लबले गुणस्तर शिक्षा प्रदानका डिजिटल प्रबिधि कार्यक्रम अन्तरगत उक्त सहयाेग उपलब्ध गराएकाे हाे ।

त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख जनचन्द्र रोकायले हिमज्योती आधारभुत विद्यालयलाई डिजिटल मैत्री विद्यालयको रुपमा उद्दघाटन समेत गरेका छन् ।

डोल्पा जिल्ला मै पहिलो पटक त्रिपुरासुन्दरी नगरपालिका वडा ०१ सार्कीटोल स्थित हिमज्योती आधारभुत विद्यालयलाई डिजिटल प्रबिधि मैत्री बनाउन काठमाण्डौ युरेका लियो क्लबले करिब तीनलाख लागतमा सुचना प्रबिधि मैत्री डिजिटल सामग्री सहित प्रोजेक्ट सञ्चालन गरेको क्लबका अध्यक्ष सृजन अर्यालले बताए  ।

काठमाडौं युरेकालियो क्लवले विद्यालयलाई डिजिटल प्रबिधि मैत्री बनाउन १ सेट ४३ इन्चको टेलिभिजन, २ सेट सीपीयु , किबोर्ड ४ सेट, माउस २ सेट, २ मोनिटर , एउटा प्रिन्टर, २ बण्डल पेपर, युपीएस १ थान गरी करिब ३ लाख बराबरको सामान सहयोग गरेकाे हाे ।त्यस्तै विद्यालयलाई चाहिने आवश्यक सफ्टवेयर समेत प्रदान गरिएको छ ।

नगर प्रमुख रोकायले दलित, पिछडिएका वर्गको बस्तीमा भएको विद्यालयलाई यति ठूलो सहयोग गरी डिजिटल मैत्री बनाइदिनु दिएकाे भन्दै काठमाण्डौं युरेका लियो क्लब लाई धन्यबादसमेत व्यक्त गरे।

त्रिपुरासुन्दरी नगरपालिका वडा नं ०१ का अध्यक्ष रामचन्द्र कुलालले हिमाली जिल्ला त्यसै माथि दुर्गम जिल्लामा अवस्थित यस विद्यालयलाई डिजिटल प्रविधि मैत्री बनाउनका लागि काठमाण्डौ देखि आएर यति ठुलो सहयोग गर्नु भएकोमा सहयोगी संस्था र क्लबका पदाधिकारीहरुलाई आभार ब्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  बम बहादुर सार्कीले आफ्नो विद्यालयमा  राम्रो प्रोजेक्ट सञ्चालनमा सहयाेगी भुमिका खेल्ने  त्रिपुराकोट निवासी लक्ष्मी प्रसाद देवकोटालाई विशेष धन्यबाद व्यक्त गरे ।

काठमाडौं युरेका लियो क्लबका अध्यक्ष अर्याल , क्लबका पूर्व अधक्ष्य युवराज पराजुली, क्लबका उपाध्यक्ष कुसुम पौडेललाई विद्यालयको तर्फबाट धन्यबाद समेत दिएका थिए ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका पुर्व पदाधिकारी अभिभावक, सहयाेगी संस्थाका प्रतिनिधि  र शिक्षक शिक्षिकाहरुकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रम प्रधानाध्यापक मनबहादुर सार्कीले संचालन गरेका थिए ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!