डाेल्पा,मङ्सिर १६ गते ।डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं २ मा पर्ने रसी गाउँनै भाइरल बिरामीले थला परेपछि स्वास्थ्यकर्मीद्रवारा उपचार गरिदै। रुघाखोकी,ज्वरो र घाँटी दुख्ने लक्षणका बिरामीहरुले रसि गाउँ नै आफै थला परेकाे थियाे ।
गाउँमा रहेका झण्डै एकसय चालीस घरधुरी मध्ये अधिकासं घरका परिवार सदस्य रुघाखोकी,ज्वरो र घाँटी दुख्नेका बिरामी परेकाे खवर शुक्रबार सार्वजनिक भएकाे थियाे।अहिले संक्रमितहरुकाे उपचारमा स्वास्थ्यकर्मीकाे टाेलि क्रियासिल भईरहेकाे छ ।