ताजा समाचार

इन्द्र राेकाया सेराप( सि)ले गरे पार्टी परित्यागकाे घाेषणा

नेपाल कम्युनिस्ट पार्टी (विप्लव) डाेल्पा जिल्ला इन्चार्ज तथा पार्टी केन्द्रीय प्रतिनिधि समिति सदस्य समेत रहनु भएका ईन्द्र राेकाया(शेराप) सी ले पार्टी परित्याग गरेकाे घाेषणा गर्नुभएको छ। फागुन २८ गते बुधबार राेकायाले प्रेस विज्ञप्ति मार्फत बिप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी परित्याग गरेकाे घाेषणा गर्नुभएको हाे।

२०६० साल देखि निरन्तर कम्युनिस्ट आन्दोलनमा विभिन्न जिम्मेवारी पूरा गरेका राेकायाले नेकपा परित्याग गरेकाे घाेषणा गर्नुभएको हाे । पार्टीले भूगाेलमा खटेर काम गर्ने कार्यकर्ता भन्दा पनि केन्द्रकै आसपास बस्ने मान्छेकाे कुरामा मनपरि ढंगले पार्टी चलाएकाे भन्दै नेकपा परित्याग गर्नु परेकाे बताउनु भएकाे छ ।

आज सम्म कुनै पार्टीमा आवद्व थिए अब पार्टी परित्याग गरेपछि स्वतन्त्र तरिकाले धार्मिक सामाजिक सेवामा सधैं तनमनका साथ निस्वार्थ रुपमा लागि पर्ने राेकायाले बताउनुभयो ।

राेकाया हाल नेपाल बाेन समाज केन्द्रीय महासचिव तथा डाेल्पा बाेन समाजका उपाध्यक्ष हुनुहुन्छ ।

आफुलाई पार्टीले विनाकारण उल्लेख गरि जानकारी नै नदिई जिम्मेवारीबाट हटाएकाे पार्टीवाट हटाउनुकाे कारण र हिसावकिताव माग्दा समेत नदिएकाे र बाेन समाजमा गैससमा आबद्ध  रहेकाे भन्ने भरमा सतहमा कुरा सुन्नामा आएकाेले अन्तिमसम्म पार्टीको निर्णय पर्खेर बस्दा समेत खुलस्त रुपमा नआएकाे र पार्टी नेतृत्वसंग भेट गर्न खाेज्दा समेत भेट नदिएकाेले बाध्य भएर समाज सेवामा लाग्ने गरि पार्टी परित्याग गर्नु परेकाे जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!