ताजा समाचार

चलचित्र ‘लाज शरणम्’ को सुटिङ गर्न नेपालका चर्चित हास्यकलाकारहरु डोल्पामा! 

पुर्ण कुमार/ डोल्पा न्युज 

भाद्र २४, डोल्पा 

डोल्पामा यति खेर नेपाली चलचित्र ‘लाज शरणम् ‘ को शूटिंग चलिरहेको छ। फिल्म कै शुटिङको लागि यति खेर नेपालका चिर परिचित हास्यकलाकारहरु डोल्पामा व्यस्त देखिन्छन्।

निर्माण पक्षले आईतबार सामाजिक सञ्जाल फेसबुकको फिल्मको अफिसियल पेज देखि डोल्पाको ठुलिभेरी नगरपालिका वडा नँम्बर ६ दुरगाउँबाट लाज शरणम् चलचित्रको शुभ मुहुर्त गरि छायांकन शुरुवात गरिएको जानकारी दिएको छ।

 

चलचित्रको शुभ मुहूर्तमा ठुली भेरी नगरपालिकाका नगर प्रमुख श्वबर्ण कुमार बुढा, ठुली भेरीका वडा अध्यक्ष लगाएतका जन प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

केही महिना अगाडि एक कार्यक्रम सहित निर्माण घोषणा भएको फिल्मका लेखक तथा निर्देशक कुमार कट्टेल रहेका छन् ।

टेलिश्रृंखला ‘सक्किगोनि’का टिमले निर्माण गर्ने फिल्म ‘लाज शरणम’मा सागर लम्साल (बले), अर्जुन घिमिरे (पाँडे), हरीश निरौला ( कक्रोज), कमलमणी नेपाल (खुपीका बाउ), मुकुन्द श्रेष्ठ, विजय बराल र माला लिम्बुको अभिनय रहनेछ ।

अभिनेता महेश दवाडी र अभिनेत्री रेनु नाथ योगीको समेत अभिनय रहने फिल्म भदौ तेस्रो साताबाट फ्लोरमा जानेछ । फागुन १४ गते महाशिवरात्रीको अवसरमा नेपालभरका रिलिज हुने बताइएको फिल्म जेपिटी क्रियसनको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्ममा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह–निर्माताको रूपमा रहेकाछन् ।

लाज शरणम् फिल्मको लागि डोल्पा पुगेका चर्चित हाँस्यकलाकार हरु ‘ फोटो ( लाज शरणम् को अफिसियल फेसबुक पेज देखि)

तपाइको प्रतिक्रिया

error: Content is protected !!