ताजा समाचार

रिवा बाढीपीडितका लागि प्रदेश मन्त्री बुढासहितको राहत सहयोग

विष्णुप्रसाद देवकोटा

डोल्पाको काईके गाउँपालिका–४, रिवा गाउँमा असार १२ गते राति आएको बाढी तथा पहिरो पीडितका लागि राहत संकलन जारी छ। यसै क्रममा कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाले नगद २५ हजार ५ सय रुपैयाँ राहत सहयोग गरेका छन्।

स्थानीय सरकारद्वारा सञ्चालन गरिएको राहत अभियानप्रति ऐक्यबद्धता जनाउँदै मन्त्री बुढाले व्यक्तिगत तर्फबाट सहयोग गरेका हुन्। उनले बाढीले पुर्‍याएको भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै, भविष्यमा यस्ता विपत्तिका लागि पूर्वतयारी र सचेतना आवश्यक रहेको बताए। साथै, संरचनात्मक क्षति व्यहोरेका परिवारका लागि आवासको व्यवस्था गर्न प्रदेश सरकारसँग पहल गर्ने प्रतिबद्धता समेत जनाए।

मन्त्री बुढाका प्रमुख स्वकीय पदम बुढाले पनि नगद ५ हजार १ सय रुपैयाँ तथा स्वकीय सचिव प्रताप कार्किले ४ हजार १ सय रुपैयाँ राहत स्वरूप प्रदान गरेका छन्।

असार १२ गते राति आएको बाढीले रिवा गाउँका तीन घर र एक विद्यालय पूर्णरूपमा ध्वस्त बनाएको छ। यद्यपि मानवीय क्षति नभए तापनि अधिकांश घरहरू बस्न अयोग्य बनेका छन्। उच्च जोखिममा परेको रिवा बस्तीका लागि काईके गाउँपालिकाले राहत कोष स्थापना गरी गाँस, बास र कपासमा केन्द्रित राहत संकलन गरिरहेको छ।

स्थानीय, प्रदेश र संघीय तहको समन्वयमा बाढीपछिको पुनःस्थापना र राहत व्यवस्थापनमा यो पहल प्रेरणादायी हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया