ताजा समाचार

डोल्पा त्रिपुरासुन्दरी ०५ को मतदान सम्पन्न , मतगणना सोमबार बिहान मात्रै गरिने!

पुर्ण कुमार/ डोल्पान्युज 
मङ्सीर १६, डोल्पा
हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ मा मतदान सम्पन्न भएको छ । बिहान ८ बजेर २० मिनेटदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिनुभयो । उहाका अनुसार मतदान प्रक्रिया शान्तिपूर्ण हिसाबमा सम्पन्न भएको छ।


तीन सय त्रिपन्न मतदाता संख्या रहेको युक्त वडामा १४५ जना पुरुष र १५८ जना महिला गरी ३ सय ३ मत खसेको छ ।
मतदान प्रक्रिया सम्पन्न भएपनि मतगणना भने सोमबार बिहान देखि सुरु गरिने निर्वाचन प्रमुख श्याम कुमार राईले जानकारी दिनु भयो।
मतदान सम्पन्न पछि बसेको सर्वदलीय बैठकले राती भएका कारण आज मतगणना गर्न नसकिने र सोमबार बिहान ९ बजे पछि मात्रै मतगणना गर्ने निर्णय गरेको प्रमुख राईले बताउनु भयो।

वडा अध्यक्ष पदका लागि सुरु भएको मतदानमा नेकपा माओवादी केन्द्रबाट नरबहादुर झाँक्री, नेपाली कांग्रेसबाट राजेन्द्र प्रसाद न्यौपाने र नेकपा एमालेबाट नरबहादुर रोकाया उम्मेद्वार बनेका छन् ।  उक्त वडामा कुल मतदाताको सङ्ख्या ३ सय ५३ रहेको थियो ।
गत स्थानीय तहको चुनावमा कुल ३ सय ६३ मतदाता रहेकोमा नेकपा एमालले १ सय ६, नेकपा माओवादी केन्द्रले १ सय ३ र नेपाली कांग्रेसले ८३ मत प्राप्त गरेको थियो ।
यस पटकको निर्वाचनमा माओवादी केन्द्र र एमाले बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
अघिल्लो पटक सम्पन्न स्थानीय तहको निर्वाचनमाबाट निर्वाचित वडाध्यक्ष नन्दलाल रोकायको कार्यकाल अगावै मृत्यु भएपछि सोही पदका लागि निर्वाचन सुरु भएको थियो ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!